ट्रम्प फर्कनुअघि अमेरिकामा रहेका मेक्सिकालीहरूको सुरक्षा गर्ने सेनबमको प्रतिज्ञा

२०८१ माघ ७ गते सोमवार
सारांश
  • आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उनले जानकारी दिए ।

डोनाल्ड ट्रम्प अवैध आप्रवासीहरूको सामूहिक निर्वासन गर्ने योजनाका साथ ह्वाइट हाउसमा फर्कने एक दिनअघि मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबमले आइतबार अमेरिकामा बसोबास गर्ने आफ्ना देशका नागरिकहरूको रक्षा गर्ने वाचा गरेका छन् ।

 

“भोलिदेखि राष्ट्रपति ट्रम्पसँग सुरु हुने यो नयाँ कालखण्डमा : पहिलो, हामी त्यहाँका मेक्सिकालीहरूको रक्षा गर्नेछौँ”, सेनबमले मध्य राज्य पुएब्लामा आयोजित एक कार्यक्रममा भने ।

 

उनले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने कागजातविहीन आप्रवासीहरूलाई निर्वासित गर्ने आगामी अमेरिकी राष्ट्रपतिको योजनालाई सङ्केत गरे तर स्पष्ट रूपमा उल्लेख गरेनन । यसमा लाखौँ मेक्सिकाली समावेश हुनेछन् ।

 

आफ्नो सरकारले संयुक्त राज्य अमेरिकामा रहेका मेक्सिकोका लगभग ५० वटा वाणिज्य दूतावास कार्यालयमार्फत आप्रवासीहरूलाई सहयोग प्रदान गर्न वकिलहरू नियुक्त गरेको उनले जानकारी दिए ।

 

“यदि उनीहरूले मेक्सिको फर्कने वा मेक्सिको आउने निर्णय गरे भने उनीहरूलाई यहाँ खुला हातले स्वागत गरिने छ”, सेनबमले भने ।

 

यद्यपि वामपन्थी राष्ट्रपतिले उनको पूर्ववर्ती एवं सल्लाहकार एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको सन् २०१७ देखि २०२१ सम्म रिपब्लिकनको पहिलो कार्यकालमा ट्रम्पसँग ‘राम्रो सम्बन्ध’ भएको उल्लेख गरे ।

 

“त्यसैले हामी राम्रो समझदारीमा पुग्नेछौँ भन्ने मलाई लाग्छ”, सेनबमले भने, “तर जे भए पनि, यसलाई राम्ररी बुझियोस्, टाढासम्म सुनियोस : मेक्सिको कसैको उपनिवेश होइन, कसैको संरक्षित राज्य होइन ।”

 

आफ्नो कार्यालयमा फर्कने क्रममा ट्रम्पले मेक्सिकोलाई बारम्बार हप्काएका थिए । साथै उनले मेक्सिकोले सीमा पार गर्ने अवैध आप्रवासी र लागूपदार्थको प्रवाह नरोकेसम्म संयुक्त राज्य अमेरिकाका सबैभन्दा ठूला व्यापारिक साझेदारहरू मध्ये एकबाट आयातमा कडा शुल्क लगाउने धम्की दिनुभएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार