चिनियाँ एप रेडनोट टिकटकको विकल्प बन्न सक्ने

२०८१ माघ ६ गते आईतबार
सारांश
  • अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।

एजेन्सी : अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लागू भएसँगै चिनियाँ एपको लोकप्रियता बढेको छ ।


अमेरिकामा टिकटकलाई प्रतिबन्ध लगाउने कानुन बनाएसँग प्रयोगकर्ताहरु चिनियाँ एप रेडनोटको अर्थात स्याओहोङ्सुतिर बसाई सर्न थालेका छन् ।


नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकप्रति समर्थन जनाइरहेको बेलामा टिकटकका प्रयोगकर्ताहरु चिनियाँ एपतिर बसाई सरेका हुन् ।


पछिल्ला दिनमा रेडनोट अमेरिकी एप स्टोरमा सबैभन्दा बढी डाउनलोड हुने एप बनेको छ। यो टिकटकको प्रतिस्पर्धी एपका रुपमा मानिएको छ ।


उक्त एपप्रति विदेशी प्रयोगकर्ताहरूको आगमनले चिनियाँ ब्रान्डहरूलाई विश्वव्यापी पहुँच विस्तार गर्ने अवसर मिल्ने अपेक्षा गरिएको छ ।


अमेरिकी सर्वोच्च अदालतले टिकटकलाई लक्षित गरी बनाइएको ‘डाइभेस्ट वा ब्यान’ कानुनलाई सदर गरिसकेकाले १७ करोड अमेरिकी प्रयोगकर्ताहरू भएको यो एप प्रतिबन्ध निश्चित जस्तै मानिएको छ । (भिडियो,सीसीटीभीप्लस)

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार