दक्षिण सुडानमा भएको झडपमा कम्तीमा १६ जनाको मृत्यु

२०८१ माघ ३ गते बिहिवार
सारांश
  • नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए ।

दक्षिण सुडान पिपुल्स डिफेन्स फोर्स (एसएसपिडीएफ) र सुडान पिपुल्स लिबरेसन आर्मी–इन–अपोजिसन (एसपिएलए– आईओ) बीच भएको झडपमा एक सैनिक सहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

 

नागेरो काउन्टीका कमिश्नर हेनरी बाङ्गडा असायाले हिंसाले ७९ हजार भन्दा बढी मानिसलाई विस्थापित गरेको बताए । यसमध्ये धेरै अहिले झाडीमा लुकेका छन् । “बुधवार साँझ पनि लडाइँ जारी थियो । लडाइँ सुरु भएको ठाउँमा सेनाका भारी हतियारहरू गएको मैले देखेको छु । उनले लडाई पश्चिमी बहर अल गजल राज्यको बाजियामा फैलिएको उल्लेख गरे ।”

 

एसएसपीडीएफका प्रवक्ता लुल रुई कोआङले कुब्री–बु ब्रिजमा रहेको अवैध चेकपोस्ट भत्काउन एसपिएलए–आईओ सेनाले अस्वीकार गरेपछि झडप सुरु भएको बताए ।

 

कउङका अनुसार, एसपिएलए–आईओ बलहरू मङ्गलबार साँझ एसएसपीडीएफ–नियन्त्रित क्षेत्रमा प्रवेश गरे र आक्रमण सुरु गरे, जसको परिणामस्वरूप एक सैनिकको मृत्यु भयो र तीन जना घाइते भए ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार