म्यानमामा खानी भत्किँदा १२ जनाको मृत्यु

२०८१ पुस २९ गते सोमवार
सारांश
  • सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए ।

म्यानमाको उत्तरी काचिन राज्यमा जेड खानी भत्किँदा १२ जनाको शव फेला परेको एक प्रहरी अधिकारीले सोमबार जानकारी दिएका छन् ।

 

सोमबार दिउँसो करिब १ः३० बजे काचिन प्रदेशको हपाकान्त नगरपालिकाको सेकमु गाउँपालिकाको सापौत गाउँमा उक्त भीषण दुर्घटना भएको उनले बताए।  

 

सोमबार दिउँसोसम्म १२ वटा शव फेला परेको र ५० भन्दा बढी घर माटोमुनि पुरिएको प्रहरी अधिकारीले जानकारी दिए ।

 

मृत्यु हुनेको यकिन सङ्ख्या भने खुल्न नसकेको उनले बताए ।

 

हाल उद्धार कार्य जारी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार