जर्मनीले ट्रम्पलाई भन्यो : सीमाहरू बलपूर्वक सार्न पाइँदैन
२०८१ पुष २४ गते बुधवार
- मङ्गलबारको एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्याण्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्नुभएन ।
अमेरिकी राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पले डेनमार्कको स्वायत्त क्षेत्र ग्रिनल्याण्ड कब्जा गर्न सैन्य कारबाही गर्ने सम्भावनालाई अस्वीकार नगर्नुभएपछि जर्मनीले बुधबार उहाँलाई सीमाहरू बलपूर्वक परिवर्तन गर्न नहुने बताएको छ ।
जर्मन सरकारका प्रवक्ता स्टेफेन हेबेस्ट्राइटले संयुक्त राष्ट्रसङ्घको बडापत्र जस्ता अन्तर्राष्ट्रिय सम्झौताहरूलाई औँल्याउँदै ट्रम्पको टिप्पणीको जवाफमा भन्नुभयो, “जहिले पनि दृढ सिद्धान्त लागू हुन्छ... कि सीमाहरू बलपूर्वक सार्न पाइँदैन ।”
मङ्गलबारको एक पत्रकार सम्मेलनमा ट्रम्पले ग्रिनल्याण्ड र पनामा नहरको विषयमा सैन्य हस्तक्षेपको सम्भावनालाई अस्वीकार गर्नुभएन । ग्रिनल्यान्ड र पनामा नहरमाथि उहाँले संयुक्त राज्य अमेरिकाको नियन्त्रण चाहेको बताउनुभएको छ ।
ट्रम्पले संयुक्त राज्य अमेरिकाको उत्तरी छिमेकी क्यानाडासँगको सीमालाई ‘कृत्रिम रूपमा खिचिएको रेखा’ भन्नुभएको छ भने मेक्सिकोको खाडीको नाम ‘अमेरिकाको खाडी’ राख्ने वाचा गर्नुभएको छ ।
हेबेस्ट्राइटले नाटो सहयोगी डेनमार्क र क्यानाडाविरुद्ध ट्रम्पको धम्कीलाई जर्मन सरकारले गम्भीरतापूर्वक लिएको छ कि छैन भन्ने बारेमा टिप्पणी गर्न अस्वीकार गर्नुभयो ।
“म ती टिप्पणीहरूको मूल्याङ्कन गर्न चाहन्नँ”, उहाँले नियमित पत्रकार सम्मेलनमा भन्नुभयो । उहाँले जर्मन सरकारले तिनीहरूलाई ‘नोट’ गरेको मात्र जोड दिनुभयो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।