फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेनको ९६ वर्षको उमेरमा निधन
२०८१ पुष २३ गते मंगलबार
- उनिमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको कुरा कुख्यात छ ।
फ्रान्सको दक्षिणपन्थी आन्दोलनका ऐतिहासिक नेता जीन–मारी ले पेनको मङ्गलबार ९६ वर्षको उमेरमा निधन भएको छ ।
केही हप्तादेखि स्याहार केन्द्रमा रहेका ले पेनको मङ्गलबार मध्याह्न (११०० जीएमटी) मा ‘आफन्तहरूको उपस्थितिमा’ निधन भएको परिवारले विज्ञप्तिमार्फत जनाएको छ ।
नेसनल फ्रन्टका सह–संस्थापक ले पेनले सन् २००२ मा कडा आप्रवासन विरोधी मुद्दाका साथ राष्ट्रपति चुनावको दोस्रो चरणमा पुगेर फ्रान्सलाई तरङ्गित बनाएका थिए ।
उनिमाथि प्रायः जातिवाद र यहुदी विरोधी भएको आरोप लगाइन्थ्यो र उनले यहुदी नरसंहारलाई इतिहासको विवरणका रूपमा खारेज गरेको कुरा कुख्यात छ ।
उनकी छोरी मरिन ले पेनले सन् २०११ मा पार्टीको नेतृत्व सम्हालिन र आफ्नो आन्दोलनलाई उनको चरमपन्थी प्रतिष्ठाबाट टाढा राख्ने प्रयासमा जीन–मारीलाई चार वर्षपछि पार्टीबाट निष्कासन गरे ।
नेसनल र्याली (आरएन) नाम परिवर्तन भएपछि पार्टीले उल्लेखनीय प्रगति गरेको छ । यसले गत वर्षको युरोपेली संसद् चुनावमा ठूलो सफलता हासिल गर्यो र त्यसपछि फ्रान्सको आम निर्वाचनमा सबैभन्दा ठूलो एकल पार्टी बन्यो ।
आरएन पार्टीका प्रमुख तथा मरिन ले पेनका दाहिने हात जोर्डन बार्डेलाले सावधानीपूर्वक शब्दमा जीन–मेरी ले पेनले ‘सधैँ फ्रान्सको सेवा गरेको’ बताए ।
“इन्डोचाइना र अल्जेरियामा फ्रान्सेली सेनाको सिपाही, राष्ट्रिय सभा र युरोपेली संसद्मा जनताको प्रतिनिधिका रूपमा उहाँले सधैं फ्रान्स र यसको पहिचान र सार्वभौमिकताको रक्षा गर्नुभयो”, २९ वर्षीय बार्डेलाले एक्समा भने, “आज म उहाँको परिवार, उहाँका प्रियजनहरू र निस्सन्देह मरिनको शोकको सम्मान गर्नुपर्दछ भनेर दुःखका साथ सोच्दैछु ।”
यसैबीच राष्ट्रपति इम्यानुएल म्याक्रोनले फ्रान्सेली दक्षिणपन्थी नेता जीन–मारी ले पेन ‘ऐतिहासिक व्यक्तित्व’ हुनुहुन्थ्यो भन्दै उहाँको परिवारप्रति समवेदना व्यक्त गर्नुभएको राष्ट्रपतिको कार्यालय एलिसीले बताएको छ ।
“हाल नेसनल ¥याली पार्टीका रूपमा रहेको दलका सह–संस्थापक ले पेन ‘दक्षिणपन्थको एक ऐतिहासिक व्यक्तित्व’ हुनुहुन्थ्यो”, एलिसीले एक संक्षिप्त वक्तव्यमा भन्यो, “फ्रान्सको राजनीतिक जीवनमा उहाँको भूमिकाको इतिहासले निर्णय गर्नेछ ।”
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।