विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघ्योः युएनएचसिआर

२०८१ पुष १५ गते सोमबार
सारांश
  • जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे ।

संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्त (युएनएचसिआर) का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको सङ्ख्या १२ करोड २० लाख नाघेको छ ।

 

जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ–बाउरले शरणार्थीको तथ्याङ्कहरूलाई चिन्ताजनक रूपमा वर्णन गरे ।

 

युएनएचसीआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसङ्ख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।

 

अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाख भन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कङ्गो तथा म्यानमारको अवस्थाले शरणार्थी सङ्ख्यामा बृद्धिमा योगदान पु¥याएको छ ।

 

गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाख भन्दा बढी मानिसहरूलाई जबरजस्ती विस्थापित भएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार