रुसले कब्जा गरेको युक्रेनी क्षेत्रका बासिन्दालाई देशद्रोहको मुद्धा

२०८१ पुष ५ गते शुक्रवार
सारांश
  • नाम नखुलाइएका ती व्यक्तिलाई रूसको दक्षिणी शहर रोस्तोभ–अन–डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो ।

रूसले पूर्वी युक्रेनको लुगान्स्क क्षेत्रका एक बासिन्दालाई ‘देशद्रोह’ को अभियोगमा शुक्रबार १६ वर्षको जेल सजाय सुनाएको मस्कोको सङ्घीय सुरक्षा सेवा (एफएसबी) ले जनाएको छ ।

 

मस्कोले युक्रेनका लागि जासुसी गरेको आरोप लागेका व्यक्तिहरूलाई नियमित रूपमा भारी सजाय सुनाउँछ र रूस र कब्जा गरिएका क्षेत्रहरूमा युक्रेनीलाई लगातार कैँद पनि गर्दै आएको छ।

 

नाम नखुलाइएका ती व्यक्तिलाई रूसको दक्षिणी शहर रोस्तोभ–अन–डोनको एक सैनिक अदालतले सजाय सुनाएको हो ।

 

अभियोजकहरूले उनले रूसी सशस्त्र बलबारे किएभको सुरक्षा सेवालाई जानकारी दिएको बताएका छन् ।

 

रूसी समाचार निकायहरूले उहाँलाई उद्धृत गर्दै भनेका छन्, ’ती व्यक्ति राज्यविरूद्धको राजद्रोह गरेको अभियोगमा दोषी ठहरिएका छन्, उनी आतङ्कवादी गतिविधिका साथै विस्फोटक पदार्थको अवैध भण्डारण र ओसारपसारमा सहयोगी थिए। अदालतले उनलाई उच्च सुरक्षा भएको ‘दण्ड कोलोनी’मा सजाय भुक्तान गराउन आदेश दिएको छ।

 

तास समाचार एजेन्सीले प्रकाशित एक भिडियामो एफएसबीका अधिकारीहरूले कार रोकेर एक व्यक्तिलाई घिसारेर भुइँमा फ्याँकेका थिए, त्यसपछि उनलाई हत्कडी लगाएर सुरक्षा बलको स्थानीय मुख्यालयमा लगेका थिए।

 

भिडियोमा अनुहार धमिलो भएका एक व्यक्तिले आफूलाई सन् २०१६ मा युक्रेनको एसबीयू सेक्युरिटी सर्भिसमा भर्ती गरिएको बताएका छन् ।

 

पक्राउ परेपछि रूसले एफएसबीले खिचेका स्वीकारोक्तिका भिडियो नियमित रुपमा सार्वजनिक गर्ने गरेको छ ।

 

मस्कोको युक्रेनविरूद्धको आक्रमण करिब तीन वर्षदेखि जारी छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार