विस्फोटमा रुसी जनरल मारिए

२०८१ पुष २ गते मंगलवार
सारांश
  • पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ ।

रूसको विकिरण, रासायनिक तथा जैविक संरक्षण सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनको सहकर्मीको मङ्गलबार बिहान दक्षिणपूर्वी मस्कोमा भएको विस्फोटमा मृत्यु भएको छ ।

 

रुसी अनुसन्धान समितिका प्रवक्ता स्वेतलाना पेट्रेन्कोले विधुतिय स्कुटरमा राखिएको विष्फोटक पदार्थले विस्फोट गराएको बताएका छन् ।

 

प्रवक्ताले भने,“अनुसन्धानले डिसेम्बर १७ को बिहान मस्कोको रियाजान्स्की एभिन्यूमा रहेको आवासीय भवनको प्रवेशद्वार नजिकै स्कुटरमा राखिएको विस्फोटक पदार्थ विस्फोट भएको खुलासा भएको छ । रुसको विकिरण तथा रासायनिक र जैविक सुरक्षा सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभ र उनका सहकर्मी उक्त विस्फोटमा मारिएका छन् ।”

 

पेट्रेन्कोका अनुसार मस्को विभागले आक्रमणको अनुसन्धान सुरु गरेको छ । हाल अपराधको पछाडिको अवस्थाको अनुसन्धान भइरहेको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार