पाकिस्तानमा भएको झडपमा मृत्यु हुनेको सङ्ख्या १३३ पुग्यो
२०८१ मंसिर १७ सोमवार
- उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।
उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे सङ्ख्या बढेर १३३ पुगेको प्रान्तीय सरकारले सोमबार जनाएको छ ।
विवादित आदिवासी सुन्नी र शिया मुस्लिम समुदायबीच भएको युद्धविरामपछि पनि अझै झडपहरू नरोकिएको तर कम भएको सरकारले जनाएको छ ।
पाकिस्तान सुन्नी बहुल देश हो । यद्यपि अफगानिस्तानको सीमा नजिकै रहेको खैबर पख्तुनख्वा प्रान्तको कुर्रममा ठूलो शिया जनसङ्ख्या छ । त्यहाँ दुई समुदाय दशकौँदेखि द्वन्द्वमा छन् ।
नोभेम्बर २१ देखि भएकोे झडपमा दिनहुँ मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको तथा १७७ जना घाइते भएको प्रान्तीय मन्त्रिपरिषद् बैठकपछि जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा ‘कुर्रममा सशस्त्र समूहद्वारा स्थापित बङ्करहरू ध्वस्त गरिने तथा हतियारहरू जफत गरिने’ उल्लेख गरिएको छ ।
बिहीबार सुरु भएको पछिल्लो लडाइँमा प्रहरी स्कर्टमा यात्रा गरिरहेका दुई अलग–अलग सवारी साधनमा आक्रमण भएपछि ४० भन्दा बढीको मृत्यु भएको जनाइएको छ ।
झडपले यस क्षेत्रलाई ठप्प पारेको छ भने प्रमुख सडकहरू बन्द भएका छन् र मृत्युको सङ्ख्या बढ्दै जाँदा मोबाइल फोन सेवाहरू काटिएका छन् ।
प्रान्तीय राजधानी पेशावरका एक वरिष्ठ सुरक्षा अधिकारीले नाम उल्लेख नगर्ने शर्तमा पहिलेका दुई सम्झौताले झडप रोक्न असफल भएपछि आदिवासीको सहयोगमा अधिकारीहरूले युद्धविराम प्रयास गरिरहेको बताउनुभएको छ ।
पाकिस्तानको मानव अधिकार आयोगले जुलाईदेखि अक्टोबरसम्म यस क्षेत्रमा भएको साम्प्रदायिक झडपमा ७९ जनाको मृत्यु भएको जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।