- गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ ।
गाजामा इजरायली हवाई आक्रमणमा एक पत्रकार र एक नागरिक सुरक्षा अधिकारी सहित कम्तीमा ५४ जनाको मृत्यु भएको प्यालेस्टाइनी स्रोतले जनाएको छ ।
दक्षिणी गाजामा, इजरायली ड्रोनले खान युनिसको दक्षिणी भागमा रहेको किजान अल–नज्जर क्षेत्रमा एउटा गाडी र भीडलाई निशाना बनाएको थियो ।
मेडिकल टोलीले १२ जनाको शव निकालेको र घाइतेहरूलाई अस्पतालमा सारिएको जनाएको छ ।
उत्तरी गाजाको बेत लाहियाको ताल अल–जातर क्षेत्रमा अल–अराज परिवारको घरमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु भएको नागरिक रक्षाले एक विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।
साथै, ठूलो सङ्ख्यामा पीडितहरू अझै पनि भग्नावशेषमा फसेका छन् र नागरिक रक्षा र चिकित्सा कर्मचारीहरूको अभावका कारण उनीहरूलाई बाहिर निकाल्न गाह्रो छ ।
सिभिल डिफेन्सले पनि जबलिया शिविरमा रहेको आवासीय घरहरूलाई निशाना बनाएर इजरायली हवाई आक्रमणमा आफ्ना एक अधिकारीको मृत्यु भएको बताएको छ ।
यसैबीच, हमासद्वारा सञ्चालित गाजाको मिडिया कार्यालयले एक विज्ञप्तिमा हमासद्वारा सञ्चालित अल–अक्सा टिभीका लागि काम गर्ने पत्रकारको गाजाको ब्याप्टिस्ट अस्पतालको पार्किङमा गोली लागेर मृत्यु भएको जानकारी दिएको छ ।
इजरायली सेनाले आक्रमणको बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।
इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सिमाना मार्फत हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमास विरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको छ । यसमा लगभग १२ सय मानिसहरू मारिएका थिए ।
गाजामा जारी इजरायली आक्रमणबाट प्यालेस्टिनीको मृत्यु हुनेको सङ्ख्या ४४ हजार ३८२ पुगेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।