कमला ह्यारिसको सम्बोधन- शान्तिपूर्ण शक्ति हस्तान्तरण हुन्छ, नतिजा स्वीकार्य

२०८१ कार्तिक २२ विहिबार
सारांश
  • अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्।

काठमाडौं । अमेरिकी उपराष्ट्रपति तथा डेमोक्रेटिक पार्टीकी राष्ट्रपति उम्मेदवार कमला ह्यारिसले चुनावी हार स्विकार्दै समर्थकलाई सम्बोधन गरेकी छिन्।

 

आधा घण्टाको भन्दा छोटो सम्बोधनमा उनले आफूले चुनावी नतिजा स्विकार्दै शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरण गर्ने बताइन्।

 

भनिन, ‘यो दल र उम्मेदवारको पक्षको कुरा होइन। यो संविधान रक्षाको कुरा हो।’

आफूले विजेता ट्रम्पलाई फोन गरेर बधाई दिएको पनि कमलाले बताइन्। उनले आफूले मत हाल्ने, अभियानमा लाग्दा यो नतिजा नसोचेको भन्दै युद्धमा हारेको नभई युद्ध लम्बिएको बताइन्।

 

महिलाले आफ्नो शरीरमा के गर्नेमा अरूले होइन महिलाले नै निर्णय लिनुपर्ने पक्षमा बोल्दै कमलाले युद्ध सडकबाट अदालतसम्म जारी हुने बताइन्।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार