सिनवारको मृत्युपछि अब हमासको नेतृत्व कसको हातमा ?
०४ कार्त्तिक, २०८१, आइतबार
- अधिकारीहरुका अनुसार, हाल कतार बस्दै आएका र सिनवारका सहायक पनि रहिसकेका खलील अल हायाले प्रमुख पद सम्हाल्ने सम्भावना देखिन्छ ।
काठमाडौँ । गतवर्ष अक्टोबर ७ मा आम इजरायली जनताहरु आफ्नो पर्व सिम्हात तोराह मनाइरहेको अवस्थामा आतंककारी हमला भएको थियो, जहाँ झण्डै १२ सय सर्वसाधारण जनताहरु मारिएका थिए । उक्त हमलाको मुख्य योजनाकारको रुपमा चिनिएको उग्र चरमपन्थी नेता तथा हमास सैन्य दस्ताको कमाण्डर याह्या सिनवरको मृत्यु पश्चात अब नेतृत्त्व कसले गर्ने भन्ने विषय सर्वत्र चासो छ । त्यस्तै युद्दविराम हुने कि नहुने वा कुन शर्तमा हुने भन्ने विषय प्रति पनि चासो रहेको छ ।
अधिकारीहरुका अनुसार, हाल कतार बस्दै आएका र सिनवारका सहायक पनि रहिसकेका खलील अल हायाले प्रमुख पद सम्हाल्ने सम्भावना देखिन्छ । अधिकारीहरुको दाबी छ कि हाया नेतृत्त्व गर्ने, समन्वय गर्ने र युद्दविराको वार्ता गर्ने जस्ता कामहरुमा निपुण छन् ।
चरमपन्थी नेता सिनवार नेतृत्वमा भएकै कारण यसअघि युद्धविरामका लागि भएका प्रयासहरू असफल भएका थिए । तर हमासले भने सिनवारको मृत्युपछि पनि युद्धविरामका लागि सर्तहरूमा फेरबदल नहुने कुरा दोहोर्याएको छ । इजरायलको शर्त हमासले आत्मसमर्पण गर्नुपर्छ भन्ने छ भने हमासले गाजाबाट इजरायलीहरूको फिर्ता, शत्रुताको अन्त्य, मानवीय सहायता हस्तान्तरण, र युद्धग्रस्त क्षेत्रको पुनर्निर्माणको सर्त राख्दै आएको छ ।
सिनवार भन्दा अघि हमासको प्रमुख इस्मायल हानिया थिए । हानिया पनि गत जुलाईमा इजरायली सेनाको कार्यवाहीमा मारिएपछि हमासभित्र बलियो प्रभाव बनाएका सिनवार राजनीतिक प्रमुख चुनिन सफल भएका थिए । सन् २०१७ देखि गाजा स्ट्रिपमा हमास समूहका नेता रहेका सिनवार सर्वसम्मतिमा उक्त समूहको राजनीतिक विभाग नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो । आशा गरौँ ! अब चयन हुने हमासको नेतृत्त्वले गाजा समस्याको समाधान गर्न सकारात्मक प्रयास गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।