पश्चिम बंगालमा कोइला खानीमा विस्फोट हुँदा सात जनाको मृत्यु

२०८१ असोज २१ गते सोमबार
सारांश
  • पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।

नयाँदिल्ली – पूर्वी भारतको पश्चिम बङ्गाल राज्यको एक कोइला खानीमा सोमबार भएको विस्फोटमा कम्तीमा सात जनाको मृत्यु हुनुका साथै अन्य धेरै घाइते भएको प्रहरीले जनाएको छ।

 

पश्चिम बङ्गालको राजधानी कोलकाताबाट दुई सय १७ किलोमिटर उत्तरपश्चिममा रहेको वीरभूम जिल्लाको भादुलिया ब्लकमा रहेको गङ्गारामचक माइनिङ प्राइभेट लिमिटेडको कोलरीमा विस्फोट भएको हो।

 

प्रहरीका अनुसार डिटोनेटरसहितको ट्रक अनलोडिङका लागि कोलरीमा आउँदा एक्कासि डिटोनेटर विस्फोट भएको थियो।

 

‘सुरुमा कोइला खानीमा भएको विस्फोटमा पाँच जनाको मृत्यु भएको थियो। पछि थप दुई जनाको ज्यान गएपछि मृत्यु हुनेको सङ्ख्या सात पुगेको छ,’ एक प्रहरी अधिकारीले भने, ‘घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा उपचारका लागि लगिएको थियो।’

विस्फोटको कारणबारे अनुसन्धान जारी छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार