ईजरायल-हमास युद्धको १ वर्ष: त्रासदी र क्रुरताको अर्को अध्याय
२०८१ असोज २१, सोमबार
- ईजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेत्यान्याहुले यस आक्रमणको प्रतिक्रिया स्वरुप भनेका थिए कि ईजरायल युद्धमा छ, र अवश्य जित्नेछ । साथै उनले त्यस कालो दिनको "शक्तिशाली बदला" ईजरायलले लिनेछ भनेका थिए ।
गत वर्ष आजकै दिन (०७ अक्टोबर २०२३) ईजरायली आकाशमाथि एक भयानक त्रासदीको बादल छायो। बिहानको समय जव ईजरायलिहरू आफ्नो महत्वपुर्ण "सिम्चाट टोराह" पर्वको तयारीमा थिए। त्यस दिन प्यालेष्टाईन समर्थित आतंककारी समूह हमासले हजारौं क्षेप्यास्त्रहरू एकसाथ आक्रमण गरे । करिब १२०० ईजरायली नागरिकहरू मारिए भने ३ हजार भन्दा धेरै घाईते भएका थिए।
त्यो दिन, हमास लडाकुहरूले जानाजानी नागरिकहरूलाई लक्षित गर्दै अवर्णनिय हिंसा फैलाए। पीडितहरू मध्ये सयौं महिला र केटीहरू थिए जो यौन हिंसाको सिकार समेत भएका थिए । आक्रमण विशुद्ध रुपमा आम सर्वसाधारण नागरिकहरू माथि लक्षित थियो। हमासले अस्पताल र स्कुलहरूलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गरिरह्यो। महिला र बालबालिकालाई बन्धक बनाउने र उनीहरूलाई समेत प्रयोग गरेर आक्रमण गर्ने उनीहरूको चरित्र नै हो । नेपालका विपिन जोशी पनि हमासकै बन्धक बनेर हराईरहेका छन्।
ईजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेत्यान्याहुले यस आक्रमणको प्रतिक्रिया स्वरुप भनेका थिए कि "ईजरायल युद्धमा छ, र अवश्य जित्नेछ ।" साथै उनले त्यस कालो दिनको "शक्तिशाली बदला" ईजरायलले लिनेछ भनेका थिए । आक्रमण लगत्तै हमासका राजनीतिक ब्यूरो नेता इस्माइल हनियाहले गाजा मोर्चामा ठूलो र स्पष्ट विजयको संकेत भएको दाबी गरेका थिए। तर तिनै इस्माईल हानिया गत जुलाईमा तेहरानमा राष्ट्रपतिको सपथग्रहण समारोहमा सहभागी हुने क्रममा मारिईसकेका छन् ।
हमासले ईजरायल बिरुद्ध गरेको आक्रमण र मारिएका तथा घाईते भएका ईजरायलीहरूका पक्षमा कमै आवाजहरु सुनियो। तर जव ईजरायलले प्रतिक्रिया स्वरुप आक्रमण गर्न थाल्यो तव विश्वको ध्यान खिच्यो, "सेभ प्यालेष्टाईन" र "सेभ गाजा" लेखिएका पम्पलेटहरू अधिकांश देशका ठुला शहरहरूमा देखियो। हार्वर्ड विश्वविद्यालय जहाँ वामपन्थीहरूको बलियो पकड छ, त्यहाँ पनि यस्ता गतिबिधिले प्रसय पायो। वामपन्थी कित्तामा राजनीति गर्ने र सामाजिक अभियान्ताको रुपमा सक्रिय राजनैतिक दल र संगठनहरु खुलेर ईजरायलको बिरुद्ध उभिए। युरोप देखि अमेरिका हुँदै नेपाल र भारत जस्ता देशहरूमा समेत हमास समर्थित अभियान्तहरूको कमि देखिएन। तर विगत केहि महिनायता आतंककारीहरू बिरुद्ध ईजरायलको अपरेसन बढेसंगै त्यस्ता अभियान्तहरू सचेत हुँदै गएको देखिन्छ।
एक वर्षको अन्तरालमा हमास ईजरायल युद्धले अब मध्यपूर्वमा युद्ध भड्किने स्पष्ट संकेत देखिएको छ । यस घटनाले विश्वकै राजनीति तरंगित बनाएको छ। ईरान आधिकारिक रुपमै युद्धमा सहभागी भैसकेको छ भने लेबनानका आतंककारी समूह हिजबुल्लाह पनि जोडिएको छ। यमनमा बिद्रोह गरिरहेका हुथी समुहले लाल सागरमा पनडुब्बिहरूमा आक्रमण गरिरहेका छन।
पहिले आफुले आक्रमण गर्दा विजयोत्सव मनाएका आतंककारी समुहरुसंगै खुशी साटासाट गरेका वामपन्थी अभियान्ताहरू यतिबेला भिक्टिम कार्डको प्रयोग गर्दै युद्ध रोक्नु पर्ने तर्क अगाडि सारेका छन्। प्यालेष्टाईनमा धेरै जनधनको क्षति अवश्य भएको छ यसको समाधान ईजरायले एकतर्फी रुपमा युद्ध विराम गरेर सम्भव हुने देखिदैन। अवश्य पनि दुवै तर्फबाट युद्ध रोकिनु पर्छ र विशेष गरी हमासले युद्धको शुरुवात गरेकोले हमास र उसको समर्थनमा उभिएका अन्य आतंकारी समर्थकहरूले एकसाथ युद्ध रोकेर साथै युद्ध नगर्ने विश्वास विश्व मंचमा देखाउन सके युद्ध रोकिन सक्छ ।
यतिबेला अमेरिका राष्ट्रपतीय निर्वाचनको नजिक छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प ईजरायलले ईरानको आणविक भट्टीहरूमा आक्रमण गर्नुपर्ने धारणा राखेका छन्। ट्रम्प स्पष्ट रुपमा आतंककारीहरूको सफाया गर्ने कुरामा सहमत देखिन्छन र उनले यसै अनुसार ईजरायललाई प्रोत्साहित गरिरहेका अभिव्यक्तिहरू सुनिन्छ। त्यसैले अमेरिकाको निर्वाचन परिणामले पनि भविष्यमा यस युद्धको स्वरुप कस्तो हुनसक्छ भन्ने निर्धारण गर्न सक्छ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।