चीनद्वारा लेबनानको सार्वभौमसत्तामा हस्तक्षेपको विरोध

२०८१ असोज १६, बुधबार
सारांश
  • चीनद्वारा लेबनानको सार्वभौमसत्तामा हस्तक्षेपको विरोध

इजरायलले लेबनानमा स्थल आक्रमण सुरु गरेको बताएपछि चीनले मङ्गलबार ‘लेबनानको सार्वभौमसत्ताको उल्लङ्घन’ को विरोध गर्ने बताएको छ। साथै बेइजिङले बढ्दो तनावप्रति ‘अत्यधिक चिन्तित’ रहेको बताएको छ।

 

इजरायली सेनाले मङ्गलबार दक्षिणी लेबनानमा हिजबुल्लाहलाई लक्षित गर्दै स्थल आक्रमण सुरु गरेको छ। यसले सयौँ मानिसहरूको ज्यान लिएको एक साताको तीव्र हवाई आक्रमणपछि द्वन्द्वलाई अझ बढाएको छ।

 

यद्यपि लेबनानमा रहेको संयुक्त राष्ट्रसङ्घको शान्ति सेनाले इजरायली कारबाही ‘स्थलगत घुसपैठ’ नभएको बताएको छ भने इरान समर्थित हिजबुल्लाहले कुनै पनि सैनिकले सीमा पार गरेको कुरालाई अस्वीकार गरेको छ।

‘चीन लेबनान र इजरायलबीच विद्यमान अवस्थाबारे अत्यन्त चिन्तत छ र सम्बन्धित सैन्य कारबाहीका कारण क्षेत्रीय तनाव अझ बढ्नेबारे चिन्तित छ,’ चिनियाँ विदेश मन्त्रालयले मङ्गलबार एक वक्तव्यमा भनेको छ, ‘चीन लेबनानको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको उल्लङ्घनको विरोध गर्दछ र द्वन्द्वलाई बढाउने तथा क्षेत्रीय स्थितिलाई थप उत्तेजित पार्ने यस्ता कार्यको विरोध गर्दछ।”

 

बेइजिङले वक्तव्यमा इजरायलसँग ‘परिस्थितिलाई शान्त पार्नका लागि ठोस कदम चाल्न’ आग्रह गरेको छ। 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार