पाथिभरा केवलकार परियोजनामा अबरोध: विकास र समृद्धि बिरोधी चेत
२०८१ माघ १८ गते शुक्रबार
- अर्थ (धन) बिना धर्म-संस्कृतिको पनि संरक्षण हुन सक्दैन। धर्म-संस्कृति अर्थोपार्जनको आधार पनि हो। अर्थोपार्जनका लागि विकास आयोजना संचालन गर्नुपर्छ। नेपालको समृद्धि संस्कृति र प्रकृतिबाट मात्रै सम्भव छ।
प्रशिद्ध धार्मिक तिर्थस्थल पाथिभरामा केवलकार बनाउने कुराले यतिबेला सर्बत्र चर्चा पाईरहेको छ। केहि दिन पहिले मात्रै पाथिभरामा केवलकार बन्नुहुँदैन भनेर बिरोध जनाउदै आएका अभियान्ताहरूको आन्दोलनका क्रममा प्रहरीले गोलि चलायो भने त्यसमा दुई जना गम्भीर घाईते समेत हुन पुगे। यो अत्यन्त दुखद परिस्थिति हो। यसो हुनुमा एकतर्फी रुपमा केवलकार आयोजनाका लगानीकर्ता पक्षलाई दोषारोपण गरिएको छ। केहि पहिचान र संस्कृतिको आवरणमा त केहि पर्यावरणको आवरणमा अभियान्ताहरू पाथिभरामा केवलकार बन्नुहुँदैन भनेर बिरोध अभियान चलाईरहेका छन्। यस्तो घटना पहिले पर्यावरणको नाममा मात्रै हुने गरेकोमा पछिल्लो समय संस्कृति र पहिचानको नाममा समेत हुन थालेको छ । यो अत्यन्त बिडम्बनापूर्ण कुरा हो। यसले हाम्रो विकास बिरोधि चेत कुन हदसम्म छ भन्ने कुराको पुष्टि गर्छ।
नेपाल जस्तो अतिकम विकशित देश जहाँ धेरै भन्दा धेरै पूर्वाधारहरूको खाँचो छ, उधोग कलकारखानाको आवश्यकता छ, साथै स्वदेशी तथा विदेशी लगानिकर्ताहरूलाई आकर्षित गरी लगानी बढाउन जरुरी छ। तर नेपालमा हरेक विकासका पूर्वाधारहरू निर्माण गर्न खोज्दा यस्तै किसिमका स्थानीय विवाद र बिरोधहरू हुने गरेका छन् । पाथिभरा केवलकार आयोजनामा जुन विवाद भैरहेको छ, यो नयाँ वा यसमा मात्रै यस्तो घटना घटेको होइन, अन्य पूर्वाधारहरूको अवस्था पनि त्यस्तै छ। यी सबै घटनाहरूको मूलमा समान चरित्र देखिन्छ । जस्तै: राज्यनियन्त्रित अर्थतन्त्रको वकालत गर्ने कम्युनिष्ट विचार हावी हुन्, उग्र पर्यावरणवादले प्रशय पाउनु, र पहिचान (संस्कृति)को अवरणमा वाम राजनीति हुनु। यसका साथै कानुनी संवैधानिक हिसाबले पनि स्थानीय अबरोधको लागि वातावरण थप सहज बनाईरहेको छ। विगत लामो समय देखिको वाम राजनीति जसले पूँजी र पूँजीप्रति द्रोह गर्न सिकायो, धनि मान्छेलाई अपराधी करार गर्न सिकायो। पाथिभरामा जे भैरहेको छ यो त्यसैको परिणाम हो।
अर्थ (धन) बिना धर्म-संस्कृतिको पनि संरक्षण हुन सक्दैन। धर्म-संस्कृति अर्थोपार्जनको आधार पनि हो। अर्थोपार्जनका लागि विकास आयोजना संचालन गर्नुपर्छ। नेपालको समृद्धि संस्कृति र प्रकृतिबाट मात्रै सम्भव छ। यसैको उपयोग गरेर नेपालको विकास हुन सक्छ। के मनकामनामा केवलकार बनेर कुनै हानि भएको छ ? अवश्य छैन। पाथिभरामा केवलकार बन्दा कसरी त्यहाँको धर्म संस्कृति र पहिचानमा आघात पुग्छ ? हिडेर जान सक्नेहरू हिडेरै जान सक्छन। केवलकार बन्दैमा मान्छे हिडने बाटो मासिने होइन। हिडन नसक्ने र कार्य व्यस्तता हुनेहरू केवलकार प्रयोग गर्न सक्छन। केवलकार बनेर सहज भएपछी देश तथा विदेशका धार्मिक पर्यटकहरूमा अत्याधिक बढोत्तरी भएर थप आर्थिक क्रियाकलाप चलायमान हुनसक्छ। त्यहाँका युवा युवतीहरूले रोजगारी पाउन सक्छन। स्थानीय उत्पादन बिक्रि गरेर अर्थोपार्जन गर्नमा मद्दत पुग्छ। केवलकार आयोजना समग्रमा त्यस क्षेत्रको विकास र समृद्धिको संवाहक बन्न सक्छ। तर क्षणिक राजनैतिक लाभका लागि स्थानीय जनता र अभियान्ताहरूलाई दुरुपयोग गरेर विकास बिरोधि अभियान संचालन हुनु अत्यन्त दुखद परिस्थति हो।
केवलकार परियोजना विशुद्ध रुपमा विकास आयोजना हो। यसले स्थानीय संस्कृति र परम्परा बिरुद्ध नयाँ वा फरक आस्था प्रणाली, मत, धर्म वा त्यस्ता किसिमका विचारहरू प्रचार गर्दैन। यस परियोजनाले त्यहाँको धर्म-संस्कृतिमा व्यवधान गर्छ भनेर तर्क गरिनु जायज होइन। केवलकार आफैमा पर्यावरण मैत्री परियोजना हो। त्यसैले पाथिभरा केवलकार परियोजना संस्कृति र प्रकृति दुबैको बिरुद्धमा छैन।
सरकारले छिटो भन्दा छिटो यसमा सहजीकरण गर्नुपर्छ। स्थानियको जायज माग छन् भने त्यसलाई कसरी सम्बोधन गर्न सकिन्छ, सो गर्नुपर्छ। तर लगानीकर्ता हतोत्साहित हुने र उनीहरूलाई अपमानित गर्ने किसिमका वातावरण सिर्जना हुनुले विश्वले नै नेपाललाई हेर्ने दृष्टिकोण तथा नेपाल प्रतिको छवि नकारात्मक हुन सक्छ। यस्ता घटनाहरू बारम्बार दोहोरिरहने हो भने नेपाल विश्वमै दरिद्रतम देशको रुपमा रहिरहनुको अर्को विकल्प छैन।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।