सम्मानित व्यक्तिका अभद्र बोलीले राष्ट्रको छवि कमजोर

१ मार्ग, २०८१, शनिवार
सारांश
  • देशको उच्च ओहदामा रहेर काम गरिसकेका र कुटनीतिक विषयहरूलाई आफैले अनुभव समेत गरिसकेका सम्माननीय देखि माननीय व्यक्तिहरूले बोल्दा होस् गुमाउनाले देशको छवि कमजोर बन्दै गएको छ ।

देशको उच्च ओहदामा रहेर काम गरिसकेका र कुटनीतिक विषयहरूलाई आफैले अनुभव समेत गरिसकेका माननीय/सम्माननीय व्यक्तिहरूले होस् गुमाइ बोल्दा देशको छवि कमजोर बन्दै गएको छ । 

नेपाल भूराजनैतिक जटिलता र सामरिक हिसाबले महत्वपुर्ण स्थानमा अवस्थित भएकोले हाम्रा छिमिकी मात्रै होइन संसारका अन्य शक्ति राष्ट्रहरूको पनि चाख हुनु स्वाभाविक हो । जसले गर्दा कतिपय अवस्थामा हामिले प्रत्यक्ष तथा अप्रत्यक्ष दवावहरुहरू खेप्दै आएका छौं । यस्ता दवावबाट बच्न हामीले हाम्रो मुलुकको बृहत्तर हितलाई केन्द्रमा राखेर कुटनैतिक सुझबुझ अपनाएर मात्रै छिमेकी लगायत अन्य शक्तिशाली मित्र राष्ट्रहरूसङ्ग सम्बन्धको खाका कोर्नुपर्दछ ।

तर देशको प्रधानमन्त्री भैसकेको व्यक्तिले नामै तोकेर विदेशी राष्ट्रको हस्तक्षेपलाई स्वीकार गर्नु, यस्ता विषयलाई राजनैतिक प्रतिशोधको बिषय बनाउनु साथै घरेलु राजनीतिको फोहोरी खेलझैं हल्का रुपले टिप्पणि गर्नु जायज होइन । यसले नेपालको अन्तराष्ट्रिय जगतमा छवि कमजोर बनाउनेमा दुईमत छैन । पछिल्लो समय हामीले अन्तर्राष्टृय जगतमा व्यापक क्षति भोग्दै आएका छौँ ।

 

तीन बर्ष अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले "आफुहरूको सरकार बने भारत र चीन दुबैका लागि कम्फर्टेबल हुने" बताएका थिए । आज तिनै माओवादी पार्टिका अर्का नेता अग्नि सापकोटा "बर्तमान ओली सरकारबाट भारत र चीन दुबै खुशी छैनन्" भनेर भन्दैछन । 

 

गत विहीवार भारतको अङ्ग्रेजी भाषाको अखबार 'दि हिन्दू' मा पूर्वप्रधानमन्त्री प्रचण्डले कूटनीतिक मर्यादा भुलेर अभिव्यक्ति दिएका छन् । उनले प्रधानमन्त्री ओलीको चीन भ्रमणलाई लक्षित गर्दै भारतभन्दा पहिले चीनको भ्रमण गर्न लागेर प्रधानमन्त्री केपी शर्मा ओलीले 'चाइना कार्ड' खेलेको आरोप लगाए ।

 

पुर्व प्रधानमन्त्री र पुर्व सभामुख जस्ता व्यक्तित्त्वहरुबाट राष्ट्रकै ओज घटाउने यस्ता अभिव्यक्ति खेदजनक छ । 

छिमेकी भएको नाताले चीन र भारत जस्ता शक्तिशाली देशहरुको नेपालमा आ-आफ्नै स्वाभाविक स्वार्थहरू हुन्छन्/छन् । उनीहरुका स्वार्थलाई हाम्रो राष्ट्रिय हितसङ्ग 'अलाइन' गर्न सक्नुपर्छ । त्यसको लागि राष्ट्रिय सहमतिको आधारमा उच्चस्तरीय राजनैतिक भेटघाट, छलफल र बौद्धिक विश्लेषकहरूको सुझावमा मुलुकको हितलाई केन्द्रमा राखेर औपचारिक कार्यक्रमहरू मार्फत संबोधन गर्नुपर्दछ । तर घरेलु राजनीतिमा एक दलले अर्को दललाई नंग्याएर गालि गलौज गरेजसरी मित्र राष्ट्रहरूसंगको सम्बन्धका विषयमा हल्का टिप्पणि देशका लागि पक्कै स्वस्थकर हुदैन ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप लेखहरु