बिजया दशमीका दिन टिका लगाईदिदा भन्ने आशिर्वादको अर्थ
२०८१ असोज २५ गते, शुक्रबार
- बिजया दशमी (टिका)को दिन देखि पुर्णिमा दिन सम्म आफन्तजनको हातबाट टिका थाप्न आफन्तहरूकोमा जाने प्रचलन छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवरात्र शुरुवात हुन्छ, नवरात्रको दशौँ दिनलाई बिजया दशमीको रुपमा मनाईन्छ। यसै दिनलाई महान चाड दशैको मुख्य दिनको रुपमा मनाईन्छ र यस दिन आफु भन्दा ठुला मान्यजनका हातबाट चामल, अबिर, दही र पानी मुछिएको अक्षता बनाएर निधारमा टीका लगाउने गरिन्छ । बिजया दशमी (टिका)को दिन देखि पुर्णिमाको दिनसम्म आफन्तजनको हातबाट टिका थाप्न आफन्तहरूकोमा जाने प्रचलन छ ।
बडादशैंमा टीका जमरा थापेर आशिष लिने, दिने चलन छ । आशिर्वाद दिने क्रममा ठूलाबडाले दुईथरी श्लोक भन्ने गर्दछन ।
पुरुषहरूका लागि ‘आयुर्द्रोणसूते’ श्लोक उच्चारण गरिन्छ भने महिलाहरूका लागि ‘जयन्ती मंगला काली’ श्लोक उच्चारण गरिन्छ ।
श्लोक र त्यसको अर्थ यसप्रकार छ:
आयुर्द्रोणसूते श्रियो दशरथे शत्रुक्षयो राघवे
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।
दानं सूर्यसूते बलं हलधरे सत्यञ्च कुन्तीसूते
विज्ञानं विदूरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
अर्थ : द्रोणका छोरा अश्वत्थामाको जस्तो लामो आयु होस्, भगवान् रामका पिता दशरथको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रुपराजय गर्ने क्षमता होस्, राजा नहुषको जस्तो ऐश्वर्य होस्, पवन देवताको जस्तो तीव्र गति होस्, दुर्योधनको जस्तो अभिमान होस्, सूर्यका छोरा कर्णको जस्तो दानवीरता होस्, हलधर भगवान् (कृष्णका दाइ बलराम)को जस्तो बल होस्, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यनिष्ठा होस्, धृतराष्ट्रका मन्त्री विदूरको जस्तो ज्ञान होस्, भगवान् नारायणको जस्तो यशकीर्ति प्राप्त होस्।
जयन्ती मंगला काली भद्रकाली कपालिनी
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।
अर्थ : जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वाहा र स्वधा यी नामले प्रसिद्ध हे जगदम्बिके ! हजुरलाई मेरो नमस्कार छ ।
यसरी पुरुषलाई यस्तो होस् उस्तो होस् भनि आशिर्वाद दिईन्छ भने महिलालाई चाहि तिमि देवीका शाक्षात स्वरुप हौँ भन्दै देवी भगवतीका अनेक स्वरुपहरूको वर्णन गर्दै स्तुति गर्ने गरिन्छ।
ति देविका अनेक स्वरुपहरू मध्ये जयन्ती भन्नाले विजयशालिनी, मंगला भन्नाले भक्तहरूको जन्ममरणरूपी बन्धनलाई नष्ट गर्ने, काली भन्नाले प्रलयकालमा सबैलाई खाने, भद्रकाली भन्नाले भक्तहरूलाई सुख प्रदान गर्ने, कपालिनी भन्नाले हातमा नरमुण्ड धारण गर्ने देवी, दुर्गा भन्नाले कठोर तपबाट बल्लबल्ल प्राप्त हुने, क्षमा भन्नाले करुणामय हुनाले भक्तहरूको अपराध क्षमा गर्ने, शिवा भन्नाले सबैको कल्याण गर्ने, धात्री भन्नाले सम्पूर्ण प्रपञ्चलाई धारण गर्ने, स्वाहा भन्नाले यज्ञभाग ग्रहण गरेर देवताहरूलाई पोषण गर्ने अनि स्वधा भन्नाले श्राद्ध र तर्पण स्वीकारेर पितृहरूलाई पोषण गर्ने देवी भनी बुझिन्छ ।
यसरी दशमीका दिन उच्चारण गरिने यी श्लोकहरूमा सुख मंगलको आशीर्वाद निहित हुन्छ । वर्षादिन भारी टाढिएका परिवारका सदस्य तथा आफन्तहरू दशैमा घर आउने गर्दछन। यसले पारिवारिक सम्बन्ध प्रगाढ बनाउनुका साथै एकले अर्काको शुख समृद्धिको कामना पनि गर्ने गरिन्छ। त्यसैले पनि दशैँ आफैमा एक महान पर्व हो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चन्द्र भण्डारीको प्रधानमन्त्री शाहलाई आग्रह- भारतको सीमा मिचेको आधार सार्बजनिक होस्
-
राष्ट्रिय सभाबाट निर्वाचनसम्बन्धी दुई विधेयक पारित
-
राप्रपा विभाजित: नयाँ राष्ट्र्वादी शक्ति निर्माण गर्ने डा. धवलशमशेर राणाको घोषणा
-
संसदमा प्रधानमन्त्री शाहको जवाफप्रति महेश बस्नेतको टिप्पणी
-
राज्यको क्षमता अनुसारको बजेट ल्याएको अर्थमन्त्री डा. वाग्लेको दाबि
धेरै पढिएको
-
चीनले देखायो छैटौँ पुस्ताको सञ्चार शक्ति: लेजर प्रकाशमार्फत १.२ किलोमिटर टाढासम्म डाटा ट्रान्सफर
-
गुगल, मेटा र टिकटकमाथि प्रयोगकर्तालाई ठगिबाट बचाउन नसकेको आरोप
-
कम्युनिष्ट, वामपन्थी र मुस्लिम तुष्टिकरणको राजनीतिबाट मुक्त पश्चिम बङ्गाल
-
के जलवायु परिवर्तनको प्रभावले मानिसको उचाइ घट्छ ?
-
नेपालमा अमेरिकी सैन्य अखडा र दलाई लामाको पुनर्जन्मको खेल: भारतीय विद्वान राजिव मल्होत्राको सनसनीपूर्ण दाबी
विशेष
ओपेकबाट युएईको 'ब्रेकअप': विश्व तेल राजनीतिमा नयाँ पराकम्प र भविष्यको सङ्कट
१९६७ देखि नै ओपेकको सक्रिय सदस्य रहेको युएईको बहिर्गमन केवल एउटा देशको बहिर्गमन मात्र होइन, बरु यसले तेल उत्पादक राष्ट्रहरूको दशकौँदेखिको एकाधिकार र एकतामाथि नै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ ।