- त्यसैगरी, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु ५८.३८ पैसा नगद जरिवाना लगाएको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक,पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारवाही गरेको छ ।
राष्ट्र बैंकका अनुसार कारबाहीमा पर्नेमा फरवार्ड लघुवित्त वित्तीय संस्था सुनसरी,धौलागिरी लघुवित्त वित्तीय संस्था बाग्लुङ,मातृभूमि लघुवित्त वित्तीय संस्था बुढानिलकण्ठ,एनआईसी लघुवित्त वित्तीय संस्था बनेपा,वीन नेपाल लघुवित्त वित्तीय संस्था बनेपा काभ्रेपलाञ्चोक र सञ्जीवनी लघुवित्त वित्तीय संस्था तुलसीपुर दाङ रहेका छन् ।
फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेडलाई २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली,२०७४ को विनियम ३ (क) बमोजिमको शिघ्र सुधारात्मक सम्बन्धी कारवाही गरेको जनाएको छ ।
त्यस्तै धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमको शीघ्र सुधारात्मक कारवाही गरेको जनाएको छ ।
त्यसैगरी, मातृभुमि लघुवित्त वित्तीय संस्था लिमिटेडले पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली,२०७४ को विनियम ३ (ख) बमोजिमकोशिघ्र सुधारात्मक कारवाही गरेको हो ।
त्यस्तै, एनआइसी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ असार मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको हुँदा उक्त अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिमकोशिघ्र सुधारात्मक कारवाही गरेको हो ।
त्यसैगरी, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम पटकका लागि रु ५८.३८ पैसा नगद जरिवाना लगाएको छ ।
त्यस्तै, सञ्जीवनी लघुवित्त वित्तीय संस्था लिमिटेडलाई पनि २०८२ चैत,२०८३ को वैशाख, जेठ र असार महिनामा संस्थाले अनिवार्य नगद मौज्दात कायम नगरेकोमा प्रथम, दोस्रो,तेस्रो र चौथो पटकका लागि क्रमशः रु ७१३.८८, रु १,०६७.४०, रु १,४१२.९१ र रु १,४१०.७८ नगद जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
भोटेकोशी बाढीको विपदबाट सिकेर भविष्यको जोखिम घटाउने प्रणाली विकास गर्नुपर्छ- मन्त्री श्रेष्ठ
-
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच शिष्टाचार भेट
-
ट्रम्प–सी भेटवार्ता हुँदै: व्यापारदेखि एआई र ताइवानसम्म विषयमा छलफल हुने
-
बाढीपहिरो प्रभावित नेपालको पुनरुत्थानमा अमेरिकाले थप ३१ मिलियन डलर दिने
-
छ वटा लघुवित्तमाथि राष्ट्र बैंकको कारवाही
धेरै पढिएको
विशेष
अफ्रिकी जंगली कुकुरको चार हजार किलोमिटरको कीर्तिमानी यात्रा !
अफ्रिकी जंगली कुकुरको एउटा समूहले जाम्बियामा करिब ४ हजार किलोमिटरको कीर्तिमानी यात्रा गरेको छ । वैज्ञानिकहरूका अनुसार यो अफ्रिकाको कुनै पनि स्थल स्तनधारीले जोडीको खोजीमा गरेको अहिलेसम्मकै सबैभन्दा लामो यात्रा हो ।