इन्भेष्टमेन्ट मेगा बैंक प्रकरणमा बैंकिङ निर्णय र आपराधिक कार्यबीच भिन्नता छुट्याउन सिबिफिनको माग
४ भाद्र, २०८३, बिहिवार
- बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ ।
काठमाडौँ: नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको धितो लिलाम प्रक्रियालाई लिएर बैंकका केही नेतृत्वदायी व्यक्तिमाथि मुद्दा दायर भएको विषयमा बैंक तथा वित्तीय संस्था परिसंघ नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ ।
सिबिफिनले बैंकले कानूनबमोजिम सिर्जना गरेको धितो तथा सुरक्षण अधिकारलाई पछि जारी भएका नियमले प्रभावित गर्न सक्ने वा नसक्ने विषयमा कानुनी स्पष्टता आवश्यक रहेको जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाका कर्जा, धितो र असुलीसम्बन्धी व्यावसायिक निर्णयको प्राविधिक तथा नियामकीय परीक्षण गर्ने प्राथमिक जिम्मेवारी नेपाल राष्ट्र बैंकको भएकाले थप अनुसन्धान वा कारबाहीअघि त्यसको राय लिनुपर्ने सिबिफिनको भनाइ छ ।
व्यावसायिक तथा नियामकीय निर्णय र आपराधिक कार्यबीचको भिन्नता स्पष्ट नगरी अनुसन्धान तथा अभियोजन गर्दा बैंकिङ क्षेत्रमा निर्णय क्षमता, नेतृत्वको मनोबल र जनविश्वासमा असर पर्न सक्ने भन्दै सिबिफिनले सचेत गराएको छ ।
सिबिफिनले स्पष्ट आपराधिक आधार नभएका देवानी तथा नियामकीय विवादलाई फौजदारीकरण नगरी सम्बन्धित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्नेमा जोड दिएको छ । अदालतको न्यायिक प्रक्रियाप्रति सम्मान व्यक्त गर्दै कानून उल्लंघन प्रमाणित भए कानूनबमोजिम कारबाही हुनुपर्ने पनि उसले जनाएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लिङ्देनको प्रस्ताव : राजादेखि नयाँ पुस्तासम्मलाई समेटेर नयाँ राष्ट्रिय समझदारी गरौँ
-
पार्टीलाई टिकाउन आजका प्रश्नको जवाफ दिन सक्नुपर्छ- गगन थापा
-
रविको गगनलाई सुझाव- पार्टीभित्र हैरान गर्नेलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ !
-
महाधिवेशनपछि काँग्रेस थप दृढता र नयाँ ऊर्जाका साथ अघि बढ्छ- विश्वप्रकाश शर्मा
-
अब आन्दोलन गरेर सरकार ढाल्ने खेलमा नलागौं- रवि लामिछाने
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।