नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त

२०८३ भाद्र ०४ विहिवार
सारांश
  • सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

काठमाण्डौ, ०४ भाद्र । सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावललाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले रावललाई डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

नेपाल राष्ट्र बैंकमा २०८२ फागुन २५ देखि दुई डेपुटी गभर्नर पद रिक्त थियो । सरकारले गत चैत २४ मा किरण पण्डितलाई डेपुटी गभर्नर नियुक्त गरेको थियो भने अर्को पद खाली राखेको थियो । राष्ट्र बैंक ऐनमा गभर्नरको सिफारिसमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्त गर्ने व्यवस्था छ ।

 

दीर्घबहादुर रावल हाल नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा बैंक सुपरिवेक्षण विभागका प्रमुखका रूपमा कार्यरत थिए । रावलले सन् २०१९ देखि २०२४ सम्म नेपालको वित्तीय जानकारी इकाई (एफआईयू) को प्रमुखका रूपमा काम गरेका थिए ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।

थप समाचार