नेप्सेमा आज पनि सामान्य गिरावट, ४ अर्ब ४२ करोडको कारोबार

१२ श्रावण, २०८३, मगलवार
सारांश
  • आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से ४.६४ अंकले घटेर २६९६.६७ विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४२ कम्पनिका एक करोड ४ लाख २१ हजार ८६३ कित्ता शेयर ४ अर्ब ४२ करोड ७३ लाख ५ हजार ५४२ मा कारोबार भएको थियो । आज फाइनान्स, होटल्स, हाइड्रो र ट्रेडिङ बाहेक सबै क्षेत्रका शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी एभरेष्ट कलरको शेयरमा सकारात्मक सर्किट लागेको च भने लक्ष्मी उन्नति कोषको शेयर ९.१० प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी कुथेली बुखरी स्माल हाइड्रोको शेयर ६.०७ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी सेन्ट्रल फाइनान्सको २७ करोड १४ लाख बराबरको कारोबार भएको छ भने रिडी पावरको २१ करोड २१ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार