- कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा विहिबार बिहान आइपिओ बाँडफाँड भएको हो ।
काठमाण्डौ, ०४ अषाढ़ । एभरेष्ट कलर लिमिटेडको आइपिओ बाँडफाँड भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा विहिबार बिहान आइपिओ बाँडफाँड भएको हो ।
कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता शेयर निष्काशन गरेको थियो । सो निष्काशनमा कुल २६ लाख ८७ हजार ४२१ जनाले २ करोड ८८ लाख ३३ हजार ७२० कित्ता शेयरका लागि आवेदन परेको थियो । जसमध्ये २६ लाख ४१ हजार ९५९ आवेदन स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन् ।
मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथा प्रक्रियामार्फत कम्पनीको आइपिओ बाँडफाँड गरिएको छ । जसअनुसार ६५ हजार ५७० जनाले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गरेका छन् ।
आइपिओको नतिजा सीडीएससी, मेरो सेयर तथा मुक्तिनाथ क्यापिटलको वेभसाइटबाट हेर्न सकिनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
ब्रिक्स के हो, यसमा कुन कुन देश छन् ?
ब्रिक्स नाम सुरुमा ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाका अंग्रेजी नामका पहिलो अक्षरबाट बनेको थियो । सन् २००१ मा अर्थशास्त्री जिम ओ’निलले ‘ब्रिक’ शब्द प्रयोग गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका समूहमा जोडिएपछि यसको नाम ‘ब्रिक्स’ भएको थियो ।