यसैबर्ष सम्पन्न हुनसक्ने आयोजनालाई बजेटमा प्राथमिकता दिन्छौं- अर्थमन्त्री डा. वाग्ले
२०८३ जेठ ०८ शुक्रवार
- राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अर्थमन्त्री वाग्लेले बजेटमा यसअघि ७०-८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए ।
काठमाण्डौ, ०८ जेठ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले यस बर्ष सम्पन्न हुनसक्ने आयोजनालाई प्राथमिकता दिएर बजेट विनियाजन गर्ने बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक अर्थमन्त्री वाग्लेले बजेटमा यसअघि ७०-८० प्रतिशत सम्पन्न भैसकेका आयोजनालाई यस पटक पर्याप्त बजेट दिएर यसै बर्ष सम्पन्न गर्ने सरकारको लक्ष्य रहेको बताए ।
उनले लिएको ऋण जीडीपी अनुपात गर्नुपर्ने भन्दै अहिले ऋण पनि लिएको र जीडीपी पनि बढिरहेको बताए । उनले अहिले लिएको ऋण उत्पादन मुलक छ की छैन भन्ने भन्ने हेर्ने बताउदै ऋण लिनु समस्या नभएको दाबि गरे । उनले बजेटमा ठुला आयोजनालाई प्राथमिकतामा नै राखेको बताउदै ठुला आयोजनाको मोडालिटी स्पष्ट गरेर निर्णय गर्ने बताए । उनले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल ऋण लिएर बनाएपछि संचालन गर्न नसकेको उदाहरण दिदै निजगढ विमानस्थलमा अहिले ठुलो रकम लगानी गर्न विगतका सरकार र अहिलेको सरकार पनि सचेत रहेको स्पष्ट गरे ।
अर्थमन्त्री वाग्लेले राष्ट्रिय क्षमताले भ्याएसम्म अधिकतम लचक भएर बजेट विनियोजन गर्ने बताउदै दैलेखको ग्यास उत्खननलाई चिनियाँ सरकारको सहकार्यमा अगाडी बढाउने र बजेटमा पनि आउने बताए । उनले स्वास्थ्य वीमा धेरै दुरुपयोग पनि भइरहेको भन्दै यसलाई पुनर्संरचना गर्ने बताउदै विपन्न जनताको आधारभूत र सक्नेले योगदानमा आधारित बनाउन सरकारले तयारी गरिएको बताए ।
अर्थमन्त्री वाग्लेले सांसदहरुले सोधेका प्रश्नको जवाफ दिदै सरकारले मधेशलाई उच्च प्राथमिकता दिने बताए । उनले २०४८-४९ मा शुरु भएका आर्थिक सुधारका कामलाई निरन्तरता दिन सकेको भए अहिले अर्थतन्त्रको आकार अहिलेको दोब्बरको अवस्थामा भएको हुने समेत बताए ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
डिला संग्रौलाले काँग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
-
काँग्रेसको पदाधिकारी बढ्यो: तीन उपसभापति, तीन महामन्त्री र १५ सहमहामन्त्री हुने
-
ट्रम्पको लोकप्रियता घट्दै, आफ्नै पार्टीका नेताको दूरी बढ्यो
-
प्रधानसेनापति सिग्देल बेलायतको औपचारिक भ्रमणमा प्रस्थान
-
बिजुलीको बिल मोबाइलबाटै तिर्ने व्यवस्था विस्तार गर्न ऊर्जामन्त्रीको निर्देशन
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।