- विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने आशंका बलियो बनेको बताएका छन्। यसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम थपिएको उनीहरूको मूल्याङ्कन छ ।
काठमाडौँ: अन्तर्राष्ट्रिय तेल बजारमा सोमबार कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लिएर दिएको कडा चेतावनीपछि बजारमा अनिश्चितता बढ्दा तेलको मूल्य उकालो लागेको हो ।
ट्रम्पले इरानसँग शान्ति सम्झौताको लागि समय सीमित रहेको संकेत गर्दै समय तीव्र गतिमा सकिँदै गएको बताएका थिए । त्यसपछि सोमबार ब्रेन्ट क्रुड तेल प्रति ब्यारेल ११०.७२ अमेरिकी डलरसम्म पुगेको थियो । त्यस्तै अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट क्रुड तेल प्रति ब्यारेल १०७.२८ डलरमा कारोबार भएको देखिएको छ ।
विश्लेषकहरूका अनुसार ब्रेन्ट क्रुडको मूल्य अमेरिका–इजरायल र इरानबीच तनाव सुरु हुनुअघिको तुलनामा ५० प्रतिशतभन्दा बढीले बढिसकेको छ ।
विशेषज्ञहरूले ट्रम्पको भनाइपछि पश्चिम एसियामा तनाव अझ बढ्न सक्ने आशंका बलियो बनेको बताएका छन्। यसले विश्वव्यापी तेल आपूर्तिमा जोखिम थपिएको उनीहरूको मूल्याङ्कन छ ।
दीर्घ समयसम्म तेलको मूल्य प्रति ब्यारेल १०० डलरभन्दा माथि रह्यो भने विश्वव्यापी महँगी, ढुवानी लागत र आर्थिक वृद्धि सबैमा नकारात्मक असर पर्न सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
यस्तो छ जितिया पर्वको पौराणिक प्रसङ्ग
तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । तर, यसपल्ट उपवासको अवधि सोमबार बिहान ३ बजेदेखि शुरु भई बुधबार बिहान ८ बजेसम्म अर्थात करीब २९ घण्टा रहेको छ ।