नेप्सेमा आजपनि गिरावट, ४ अर्ब ९१ करोडको कारोबार

१७ बैसाख, २०८३, बिहिवार
सारांश
  • आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो ।  आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

काठमाडौँ: नेप्सेमा आज पनि गिरावट आएको छ । आज विहिबार नेप्से ५.७३ अंकले घटेर २७३८.७२  विन्दुमा पुगेर रोकिएको छ ।

 

आज ३४६ कम्पनिका एक करोड ९ लाख ७७ हजार ७८३ कित्ता शेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ मा कारोबार भएको थियो ।  आज बैंकिंग र उत्पादन बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

 

आज, सबैभन्दा बढी श्रीनगर एग्रोको शेयर १२.५७ प्रतिशतले बढेको छ भने सबै भन्दा बढी कर्पोरेट विकास बैंकको शेयर १०.३८ प्रतिशतले घटेको छ ।

 

त्यस्तै आज सबै भन्दा बढी रिलायन्स स्पिनिग मिल्सको २६ करोड ७५ लाख र अन्खु खोला हाइड्रोको २१ करोड ९१ लाख बराबरको कारोबार भएको छ ।

 

 


 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार