'इन–स्पान’ ले नेपाली स्टार्टअपलाई भारतमा अवसर प्रदान गर्ने
२०८२ कार्तिक १५ गते शनिबार
- उक्त तालिम भारतको मद्रासमा सञ्चालन हुनेछ ।
काठमाडौं: इन्डीया–नेपाल स्टार्टअप पार्टनरसीप नेटवर्कले नेपाली स्टार्टअपलाई भारतमा अवसर प्रदान गर्ने भएको छ । यसका लागि भारतीय दूतावास काठमाडौंले नेपाल र भारतको उद्यमशीलतालाई जोड्ने नयाँ क्रस–बोर्डर स्टार्टअप प्लेटफर्म ‘इन–स्पान’ का लागि आवेदन समेत खुलाएको छ ।
दूतावासले सार्वजनिक गरेको सूचनामा नेपाली उद्यमीहरूलाई आफ्ना नवप्रवर्तनशील विचारहरूसहित आठ हप्ते पूर्ण वित्त पोषित तालिम कार्यक्रममा सहभागी हुन आवेदन दिन आमन्त्रित गरिएको छ । उक्त तालिम भारतको मद्रासमा सञ्चालन हुनेछ ।
सूचनामा भनिएको छ, ‘इन–स्पान अन्तर्गत आठ हप्ते पूर्ण वित्त पोषित तालिम र नवप्रवर्तन कार्यक्रम आईआईटी मद्रास प्रवर्तकसँगको सहकार्यमा सञ्चालन हुनेछ । आईआईटी मद्रास प्रवर्तकले हालसम्म ४६ स्टार्टअपलाई सहयोग गरेको छ, जस मध्ये १४ स्टार्टअपले आफ्नो प्रविधि व्यावसायिक रूपमा लागू गरिसकेका छन् ।
सहभागीहरूलाई व्यावहारिक शिक्षा, विशेषज्ञ मार्गदर्शन, र इन्टर्नशिप अवसरहरू उपलब्ध गराइनेछ, जसले स्टार्टअप सम्बन्धी सोचलाई अवधारणाबाट वास्तविकता बनाउन मद्दत गर्छ ।’
दूतावासले यसअघि पनि यस्ता स्टार्टअप पहलहरू सफलतापूर्वक सञ्चालन गरेको उल्लेख गर्दै भनेको छ,‘भारत–नेपाल स्टार्टअप पहलहरूको सफलता निर्माण गर्दै, जस्तै पहिलो इन्डीया–नेपाल स्टार्टअप कनेक्ट (२४ जनवरी २०२३) र दोस्रो इन्डीया–नेपाल स्टार्टअप कनेक्ट स्टार्टअप महाकुम्भका उद्घाटन कार्यक्रम (२०२५), इन–स्पान नेपाली स्टार्टअपहरूलाई मार्गदर्शन, तालिम र उद्योगसँग परिचय गराउने विशेष अवसर प्रदान गर्छ ।’
यस कार्यक्रमका लागि छनोट आवेदन र अन्तरवार्ताका आधारमा प्रतिस्पर्धात्मक ढंगले गरिने उल्लेख गरिएको छ । आवेदन दिन इच्छुक उद्यमीहरूले १–१५ नोभेम्बर २०८२ भित्र अनलाइन आवेदन दिन सक्ने बताइएको छ ।
भारतीय दूतावासका अनुसार पछिल्ला वर्षहरूमा भारत–नेपाल सम्बन्ध विभिन्न क्षेत्रहरूमा उल्लेखनीय प्रगति गरेको । विशेषगरी भौतिक, डिजिटल, ऊर्जा र जनसङ्ग सम्बन्धमा दुई देशबीचको कनेक्टिविटी मजबुत भएको छ ।
सडक, पुल, सीमा नाका, रेल, र पेट्रोलियम पाइपलाइन लगायतका पूर्वाधार परियोजनाहरू सुचारु भएको छ । भौतिक कनेक्टिविटीमा नेपालगञ्ज, भैरहवा र दोधरा–चाँदनीमा इन्टिग्रेटेड चेकपोष्टका गतिविधिहरू प्रगतिशील छन् ।
ऊर्जा क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धिहरू छन्। लामो अवधिका लागि पावर ट्रेड एग्रीमेन्ट, भारत–नेपाल–बंगलादेश त्रिपक्षीय ऊर्जा सम्झौता, र पुकोट कर्णाली ४८० मेगावाट तथा तल्लो अरुण ६६९ मेगावाट जलविद्युत् परियोजनाहरूको विकास सम्झौता भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
बाढी पिडितका लागि काठमाडौँ महानगरले साढे ४ करोड सहयोग दिने
-
परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ यीबीच टेलिफोन वार्ता
-
चितवनमा भेटिएका पहिचान नखुलेका शवको जमिनमुनि व्यवस्थापन गर्न शुरु
-
१८७ जना विदेशी पर्यटकको उद्धार, अझै ४२० सम्पर्कविहिन
-
शशांकले भने- महाधिवेशनको कार्यतालिका यथाशीघ्र सार्वजनिक गर्छौँ
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।