सुरुभयो नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५, अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
२०८२ श्रावण २१ बुधवार
- बुधबार काठमाडौंको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका छन् ।
काठमाडौं : नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएशन (नाइमा) ले आयोजना गरेको नेपालकै ठूलो अटोमाबाइल प्रर्दशनी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ आज देखि सुरु भएको छ ।
बुधबार काठमाडौंको भृकुटिमण्डपमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले एक्स्पोको उद्घाटन गरेका छन् ।
५० भन्दा बढी अटोमोबाइल ब्रान्डहरूको सहभागिता रहेको यस एक्स्पोमा ३५ नयाँ मोडल (१५ दुईपांग्रे, १५ चारपांग्रे, ५ कमर्सियल) सार्वजनिक हुन लागेको नाइमाले जनाएको छ । यस बाहेक संस्थाले प्रर्दशनीलाई लक्षित गरेर विशेष अनलाइन प्रतियोगिता पनि आयोजना गरेको छ ।
प्रतियोगितामा आज सम्ममा नाइमा अटो एक्स्पो सम्बन्धित भिडियो बनाएर सामाजिक सजालमा अप्लोड गर्ने एक उत्कृष्ट प्रतिस्पर्धीलाई एक लाख र श्रावण २१ देखि २५ सम्म अप्लोड भएका १० उत्कृष्ट भिडियोहरु प्रत्येकलाई दश हजार नगद पुरस्कार प्रदान गरिने छ ।
यो एक्स्पोमा विद्युतीय, इन्धनचालित र हाइब्रिड सवारीसाधनको प्रदर्शनी हुनेछ तरपार्टपुर्जा भने राखिने छैन । ७० देखि ८० हजार मान्छेले एक्स्पोको भ्रमण गर्ने अनुमान गरिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सम्पर्कविहिन रहेका आफन्तको पहिचानका लागि डिएनए परीक्षण गर्न आग्रह
-
प्रधानमन्त्री शाह र लामिछानेबीच भेटवार्ता
-
संसद बैठक छिटो बोलाउन काँग्रेसको माग, सभामुखसँग छलफल गर्ने
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।