आज विश्व नृत्य दिवस मनाइँदै

२०८३ वैशाख १६ बुधवार
सारांश
  • नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ ।

काठमाण्डौ, १६ वैशाख  । आज अन्तर्राष्ट्रिय नृत्य दिवस  नेपालसहित विश्वभर विविध कार्यक्रम गरी  मनाइँदै छ ।

 

यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी संस्था अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष  अप्रिल २९ मा नृत्य दिवस मनाउने गरिएको छ ।

 

यस दिन अर्थात अप्रिल २९ मा जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ ।

 

नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् ।

 

नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ, नृत्यबिना संसार नै अधुरो हुन्छ ।

 

नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिक बनेको छ । अहिले नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि हजारौंले रोजगारी पाएका छन् ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

सामुदायिक क्याम्पसको सङ्कट: रूपनगर क्याम्पसले उठाएका प्रश्न

प्रा. गजुरेलले निजी क्याम्पसले अनुचित अभ्यास (कमिसन/सेटिङ) गरेर विद्यार्थी तान्ने गरेको आरोप लगाएका छन्। यो गम्भीर आरोप हो, र यसको समाधान क्याम्पसका सञ्चालकको गुनासोले होइन, विश्वविद्यालय र आयोगको नियमन तथा प्रमाणित तथ्यले गर्नुपर्छ।

थप समाचार