- नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ ।
काठमाण्डौ, १६ वैशाख । आज अन्तर्राष्ट्रिय नृत्य दिवस नेपालसहित विश्वभर विविध कार्यक्रम गरी मनाइँदै छ ।
यो दिवस सन् १९८२ देखि यूनेस्कोको सहयोगी संस्था अन्तर्राष्टिय नृत्य परिषद्को पहलमा मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष अप्रिल २९ मा नृत्य दिवस मनाउने गरिएको छ ।
यस दिन अर्थात अप्रिल २९ मा जिन जर्जस नोभेरेको जन्मदिन हो, जसलाई आधुनिक ब्याले नृत्यको निर्माता मानिन्छ । दिवसका अवसरमा जनमानसमा नृत्यको महत्व बुझाउने प्रयास गरिन्छ ।
नृत्यकलाको संस्कृति, परम्परा एवं संस्कार विकसित भएका देशहरुमा नृत्यकलाको सम्मान, त्यसप्रति मानिसहरुको ध्यानाकर्षण तथा चेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा नृत्यकला प्रदर्शन गरिन्छन् ।
नृत्यकलासँग जोडिएको हिन्दू धार्मिक प्रसंग अनुसार त्रेता युगमा समस्त देवताको अनुरोधमा ब्रम्हाले नृत्यवेद तयार गरेको र त्यहि बेलादेखि नृत्यको उत्पति भएको विश्वास गरिन्छ । नृत्य एक कला हो, जसले लयबद्ध वा संगीतको तालमा शरीरको चाललाई दर्शाउँछ । भनिन्छ, नृत्यबिना संसार नै अधुरो हुन्छ ।
नृत्यको लोकप्रियता बढेसँगै स्वास्थ्यलाई पनि राम्रो गर्ने भएका कारण अहिले जुम्बा, हिपहप, ब्रेक डान्स, बालेट, साल्सालगायतका नाच प्रचलनमा देख्न पाइन्छ । समयको विकासक्रमसँगै नृत्य पेसा व्यावसायिक बनेको छ । अहिले नाच्न सिकाउने प्रशिक्षक भएर वा कार्यक्रममा नृत्य प्रस्तुत गरेर पनि हजारौंले रोजगारी पाएका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
लुम्बिनीमा अब मुख्यमन्त्री कार्यालय बाहेक ८ मन्त्रालय कायम
-
नेदरल्याण्डसले नेपाललाई दियो २२६ रनको लक्ष्य
-
आइपिएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो, बैंगलुरु सबैभन्दा मुल्यवान टिम
-
आवेदन दिनेको चाप बढेपछि राहदानी विभागले दुई सिफ्टमा सेवा दिने
-
दुई करोडभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेका सडक इन्जिनियरविरुद्ध मुद्दा दायर
धेरै पढिएको
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
-
यी हुन् विश्वकप फुटबलका पाँच अप्रत्याशित नतिजा
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।