- सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन् ।
काठमाण्डौ, ३० चैत्र । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।
उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।
सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन् ।
भोसलेले गाएकी चर्चित नेपाली गीतहरु -
१. आशाले दियो बाली साँझको ...
२. गैह्री खेतको शिरै हान्यो ...
३. मोहनी लाग्ला है ...
४. यति धेरै माया दियौ ...
५. आज हाम्रो भेट भएको दिन ...
६. बसन्त नै बस्न खोज्छ यहाँ ...
७. किन बढ्दै छ ढुकढुकी ...
८. पहाडको माथि माथि ...
९. म प्यार बेचि दिन्छु ...
१०. चन्चले मन भुल्यो तिम्रो मनमा लुकेको कुरा ...
११. माया त माया हो ... आदि जस्ता लोकप्रिय नेपाली गीतमा स्वर दिएकी छन् । आशाले आफ्नो जदुयी स्वरले नेपाली गीत गएर नेपाली गीत संगीतमा अतुलनीय योगदान गरेकी छिन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
विश्वकपबाट चर्चा आएको केप भर्डे कहाँ छ, यो कस्तो देश हो ?
सीमित स्रोत र कठिन परिस्थितिबीच पनि यो देश आज फुटबलको माध्यमबाट विश्वभर आफ्नो पहिचानको दायरा बढाउन सफल भएको छ ।