बलिवुड फिल्म धुरन्धर- २ मा कुन कलाकारले कति पारिश्रमिक पाए ?

२०८२ चैत्र ०३ मङ्गलवार
सारांश
  • बलिवुडको सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको धुरन्धरको सफल्तपछि अब धुरन्धर-२ रिलिजको तयारीमा रहेको छ ।

काठमाण्डौ, ०३ चैत्र । बलिवुडको सबै भन्दा धेरै कमाई गर्ने फिल्म बनेको धुरन्धरको सफल्तपछि अब धुरन्धर-२ रिलिजको तयारीमा रहेको छ ।

 

मार्च १९ मा रिलिज हुने धुरन्धर-२ मा कलाकारहरूको पारिश्रमिक सार्वजनिक भएको छ । रणवीर सिंह यस चलचित्रका मुख्य पात्रका रूपमा देखिनेछन् । उनले हमजा अली मजारिको भूमिकाका लागि सबैभन्दा बढी पारिश्रमिक लिएका छन् । जानकारीअनुसार उनले करिब ५० करोड भारु रुपैयाँ लिएका छन् ।

 

यसपछि दोस्रो स्थानमा सञ्जय दत्त रहेका छन् । उनले चलचित्रमा एसपी चौधरी असलमको भूमिका निर्वाह गरेका छन् र यसका लागि करिब १० करोड रुपैयाँ लिएको बताइएको छ ।

 

त्यस्तै चलचित्रमा अर्जुन रामपाल मेजर इकबालको भूमिकामा देखिनेछन् । उनले करिब एक करोड भारु रुपैयाँ पारिश्रमिक लिएको जनाइएको छ । यस्तै अभिनेत्री सारा अर्जुनले पनि महत्वपूर्ण भूमिका निभाएकी छन् र उनले पनि करिब एक करोड रुपैयाँ लिएकी छन् ।

 

यसैगरी आर माधवन पुनः अजय सानयालको भूमिकामा देखिनेछन् । उनले करिब ९ करोड भारु रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ । धुरन्धर- २ मा विशेष भूमिकामा मात्र रहेका अक्षय खन्नाले भने साढे २ करोड रुपैयाँ पारिश्रमिक लिएको बताइएको छ ।

 

यो चलचित्र आदित्य धरले निर्देशन गरेका हुन् । जासूसी र एक्सनप्रधान कथामा आधारित यो चलचित्र बक्सअफिसमा शानदार कमाई गर्ने अपेक्षा गरिएको छ ।

 

चलचित्रमा एक गोप्य जासूसको कथा देखाइएको छ, जसले कराची क्षेत्रमा काम गर्ने क्रममा विभिन्न चुनौतीको सामना गर्नेछ । यसअघि आएको पहिलो भागपछि यसको दोस्रो श्रृंखलाप्रति दर्शकमा ठूलो उत्साह देखिएको छ ।

 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार