- विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सुनुवाइ सोमबार, १६ फेब्रुअरीसम्मका लागि स्थगित गर्दै आज जमानत दिन अस्वीकार गरेको छ ।
काठमाडौँ: चेक बाउन्स प्रकरणमा जेलमा रहेका बलिवुड अभिनेता राजपाल यादवको जेल बसाई लम्बिने भएको छ ।
विहिबार दिल्ली उच्च अदालतमा भएको सुनुवाइपछि अदालतले अर्को सुनुवाइ सोमबार, १६ फेब्रुअरीसम्मका लागि स्थगित गर्दै आज जमानत दिन अस्वीकार गरेको छ ।
सुनुवाइका क्रममा अदालतले राजपाल यादवलाई दुई दर्जनभन्दा बढी अवसर दिइएको उल्लेख गर्दै असन्तुष्टि जनाएको थियो । अदालतले उजुरीकर्तालाई जमानत निवेदनमा जवाफ पेश गर्न निर्देशन दिएको छ । साथै, यसअघि सर्वोच्च अदालतबाट पनि राहत नपाएको विषय उल्लेख गर्दै अबको सुनुवाइ १६ फेब्रुअरीमा हुने जनाएको छ ।
अदालतले बक्यौता तिर्ने प्रतिबद्धता पूरा नभएकोप्रति चिन्ता व्यक्त गरेको छ । विभिन्न चरणमा २५-३० पटकसम्म सुनुवाइ स्थगित गराइएको र रकम नतिरेको टिप्पणी अदालतले गरेको बताइएको छ ।
राजपाल यादवका वकिलले ठूलो दाजुको छोरीको विवाहमा सहभागी हुन अन्तरिम जमानत माग गरेका थिए । उनले बक्यौता रकम तिर्न तयार रहेको र फिल्म उद्योगका केही व्यक्तिबाट आर्थिक सहयोग प्राप्त भएको दाबी गरेका छन् । उक्त निवेदनमाथि अन्तिम निर्णय अब १६ फेब्रुअरीमा हुने सुनुवाइपछि स्पष्ट हुनेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।