- बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ ।
एजेन्सी, २५ माघ । बलिउडको सबैभन्दा लोकप्रिय सुपरहिरो फ्रान्चाइज क्रिसको चौथो सिरिज क्रिश- ४ को निर्माण स्थगित भएको छ । फिल्मको तयारी लामो समयदेखि भएपनि अब भने निर्माण स्थगित भएको छ ।
बलिउड हंगामाको रिपोर्ट अनुसार, फिल्म अचानक स्थगित गरिएको छ । यस फिल्मको बजेटमा विवाद भएका कारण निर्माण स्थगित भएको बताइएको छ । ऋतिक रोशन क्रिश- ४ को निर्माण लगभग ५०० करोड भारुको बजेटमा बनाउन चाहन्थे, तर यशराज फिल्मका आदित्य चोपडा र उनको टिमले बजेटको सिमा ३५० मात्र तय गरेपछि असमझदारी बढेको रिपोर्टमा उल्लेख छ ।
क्रिस-४ मा यसराजले ठुलो लगानी गर्नबाट पछि हट्नुमा ऋतिकको पछिल्लो फिल्म वार-२ ले अपेक्षा अनुसार कमाई गर्न नसक्नुलाई पनि हेरिएको छ । ३२५ करोडमा निर्माण गरिएको वार- २ ले भारतमा केवल २३५ करोड मात्र कमाई गरेको थियो ।
यस विवादका कारण, फिल्मलाई हालको लागि स्थगित गरिएको छ । ऋतिक रोशन अब बजेट अनुरूप स्क्रिप्टमा परिवर्तन गरेर क्रिश- ४ मा पुन: केन्द्रित गर्न अन्य स्टुडियोहरूसँग वार्तामा रहेको बताइएको छ ।
पहिलो क्रिश (२००६) र क्रिश ३ (२०१३) ले दर्शकहरूलाई आकर्षित गरेको थियो त्यसैले अर्को किस्ता ब्लकबस्टर हुने अपेक्षा गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’