- फिल्म रिलिजको चौथो साता सकिदा घरेलु बक्सअफिसमा ७८४.५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको छ ।
काठमाडौँ : बलिवुड अभिनेता रणवीर सिंहको फिल्म धुरन्धरले बक्स अफिसमा निरन्तर शानदार कमाई गरिरहेको छ ।
फिल्म रिलिजको चौथो साता सकिदा घरेलु बक्सअफिसमा ७८४.५ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको चौथो सातामा मात्र ११५.७० करोड कमाई गरेको छ ।
धुरन्धरले पहिलो सातामा भारतमा मात्र २१८ करोड भारु कमाई गरेको थियो भने दोस्रो सातामा २६१.५० करोड कमाई गरेको थियो । त्यस्तै तेस्रो सातामा फिल्मले १८९.३० करोड कमाई गरेको थियो ।
धुरन्धर हालसम्म बलिवुडको इतिहासमा सबै भन्दा धेरै कमाई गर्ने तेस्रो फिल्म पनि बनेको छ । बलिवुडको इतिहासमा सर्वाधिक कमाई कलेक्सन गर्ने फिल्म दंगल हो । दंगलले १९६८ करोड कमाई गरेको थियो भने जवानले ११४८ करोड कमाई गरेको थियो ।
त्यस्तै फिल्मले भारत बाहिर पनि शानदार कमाई गरेको छ । अहिलेसम्म फिल्मले भारत बाहिर २३० करोड भन्दा बढी कमाई गरेको छ ।
फिल्म धुरन्धर डिसेम्बर ५ मा रिलिज भएको थियो । यो फिल्म २०२५ को सबैभन्दा ठूलो फिल्म साबित भएपछि, धुरन्धरको दोस्रो भाग मार्चमा रिलिज हुने तय भएको छ । फिल्मको दोस्रो भाग १९ मार्च २०२६ मा रिलिज हुने घोषणा गरिएको छ ।
यसको बक्स अफिसमा यश र कियारा आडवाणी अभिनित फिल्म टक्सिकसँग भिडन्त हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ- शिक्षामन्त्री पोखरेल
-
परराष्ट्रमन्त्री खनालसँग क्यानडाका विदेशमन्त्री आनन्दको टेलिफोन वार्ता
-
रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत माओमिङबीच भेटवार्ता
-
त्रिविसहित छ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त
-
सभामुख अर्यालले एक महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् कोषमा दिने
धेरै पढिएको
-
त्रिशूली ३ए मा उद्धारमा खटिएका प्राविधिकको गुनासो- आवश्यक उपकरण उपलब्ध भएन, नभएको कामको प्रचार भयो
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।