फिल्म 'परालको आगो' बैशाख ११ गतेदेखि प्रदर्शनमा आउने
२०८२ मङ्सिर ०९ मङ्गलवार
- निर्माण पक्षले परालको आगोको क्यारेक्टर पोष्टर सार्बजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरेको हो ।
काठमाडौँ : कथाकार गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’ मा आधारित फिल्म २०८३ को बैशाख ११ गते प्रदर्शन हुने भएको छ ।
निर्माण पक्षले परालको आगोको क्यारेक्टर पोष्टर सार्बजनिक गर्दै प्रदर्शन मिति सार्बजनिक गरेको हो ।
फिल्मका निर्माता सुशील पोखरेल रहेका ह्चन भने फिल्ममा सौगात मल्लसहित प्रकाश सपुत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, किशोर भण्डारी, कुलदिप अधिकारी, सरु भण्डारी, रेणु न्यौपाने र ज्याक श्रेष्ठको भूमिका रहेको छ ।
फिल्म ‘परालको आगो’ पति–पत्नी चामे र गौँथलीबीचको वैवाहिक द्वन्द्वको कथा हो । फिल्ममा सुहाना थापाले गौँथलीको भूमिका निभाउनेछिन् । यो उनको पहिलो घरबाहिरको फिल्म हुने भएको छ । अर्कोतर्फ, प्रकाश सपुत चामेको भूमिकामा देखिनेछन् ।
लक्ष्मण सुनारको निर्देशनमा बन्ने यो फिल्मको छायांकन छिटै हुने निर्माण पक्षले जानकारी दिएको छ ।
सुशील देवकोटाको लेखन रहेको फिल्ममा संकल्प भुजेलले छायांकन गर्नेछन् । गीतमा सुरेन्द्र राना, मनबहादुर मुखिया र प्रकाश सपुतको शब्द रहनेछ भने शान्ति ठटाल, सत्य स्वरूप र प्रकाश सपुतको संगीत हुनेछ । रामजी लामिछानेको नृत्य निर्देशन रहने फिल्म ‘परालको आगो’ मैनाली कथा पुरस्कार ट्रस्टको आधिकारिक अनुमति लिएर निर्माण हुन लागेको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’