फिल्म ‘राम नाम सत्य’ को छायांकन चितवनबाट शुरु

२०८२ कार्तिक २२ शनिबार
सारांश
  • शुक्रबार चितवनको भरतपुर–११ जिरौनामा अवस्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेपछि त्यहीँ फिल्मको छायांकन शुरु भएको हो । फिल्मको चितवनमा करिब ८० प्रतिशत छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

काठमाडौँ : कोरियोग्राफर माइकल चन्दको निर्देशकीय डेभ्यु फिल्म ‘राम नाम सत्य’ को छायांकन चितवनबाट शुरु भएको छ ।

 

शुक्रबार चितवनको भरतपुर–११ जिरौनामा अवस्थित धर्मधाम मन्दिरमा क्यामेरा पूजा गरेपछि त्यहीँ फिल्मको छायांकन शुरु भएको हो । फिल्मको चितवनमा करिब ८० प्रतिशत छायांकन गरिने निर्माण पक्षले जानकारी दिएको छ । 

 

चितवन पछि फिल्म युनिट हिमाल पारीको जिल्ला मुस्ताङ जाने बताइएको हच । फिल्ममा सुशील श्रेष्ठ र दिव्या रायमाझीको मुख्य भूमिका रहेको छ भने अभिनेता विराज भट्ट पनि महत्वपूर्ण भूमिकामा रहेका छन् ।

 

आगामी चैत्र २७ गतेबाट प्रदर्शनमा आउने यो फिल्ममा विराज, सुशील र दिव्यासहित आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, आशा पौडेल, खुशी कार्की, सुनिल थापा, प्रशान्त ताम्राकार, कनिज कोइराला, रवि गिरी, दिनेश डीसी, राजेन्द्र आचार्य, अर्जुन सुनार, रामेश्वर शाह लगायतको अभिनय रहनेछ । एक्सन, सस्पेन्स तथा लभस्टोरी कथामा बन्ने यस फिल्ममा उपेन्द्र शाही र स्वेता विमली निर्मातामा छन् ।

 

किशोर भट्ट र राजेन्द्र भट्ट कार्यकारी निर्माता रहेको फिल्ममा मानकृष्ण महर्जनको डीओपी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, अर्जुन पोखरेल, एसडी योगी, विमल गिरी र नवाज अन्सारीको संगीत तथा विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहेको निर्माण पक्षले जानकारी दिएको छ । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार