पहिलो साता फिल्म ‘जेरी अन टप’ ले कमायो ५ करोड

२०८२ कार्त्तिक ०७ शुक्रवार
सारांश
  • फिल्म ‘जेरी अन टप’ ले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको छ ।

काठमाडौँ, ७ कार्त्तिक । फिल्म ‘जेरी अन टप’ ले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको छ ।

 

फिल्मले पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रस कमाई गरेको थियो । फिल्मले पहिलो साता ५ करोड ग्रस कमाई गरेको अभिनेता अनमोल केसीले जानकारी दिएका छन् ।

 

सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ ।

 

हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ ।  अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालको गन्तव्यहीन जस्तो देखिएको यात्रा

यदि राजनीतिक अवस्था अराजक बन्दै गयो, भने मुख्य दलहरू र पूर्वराजालाई समेत समावेश गर्ने वृहत् राजनीतिक सहमतिको आवश्यकता पर्न सक्छ, जुन सम्भवतः बाह्य शक्तिहरूको मध्यस्थतामा हुनेछ । त्यस्तो अवस्थामा पूर्वराजाले आफ्ना सर्तहरू कसरी राख्छन् र राजनीतिक दलहरूले त्यसलाई कसरी ग्रहण गर्छन् भन्ने कुरा निर्णायक हुनेछ ।

थप समाचार