पहिलो साता फिल्म ‘जेरी अन टप’ ले कमायो ५ करोड

२०८२ कार्त्तिक ०७ शुक्रवार
सारांश
  • फिल्म ‘जेरी अन टप’ ले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको छ ।

काठमाडौँ, ७ कार्त्तिक । फिल्म ‘जेरी अन टप’ ले पहिलो सातामा ५ करोड ग्रस कमाई गरेको छ ।

 

फिल्मले पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार, दोस्रो दिन शनिबार ८६ लाख ३८ हजार र तेस्रो दिन आइतबार ६३ लाख ८४ हजार रुपैयाँ ग्रस कमाई गरेको थियो । फिल्मले पहिलो साता ५ करोड ग्रस कमाई गरेको अभिनेता अनमोल केसीले जानकारी दिएका छन् ।

 

सुयोग गुरुङको निर्देशन रहेको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, सुरक्षा पन्त, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय रहेको छ ।

 

हेमराज बिसीको कथा रहेको यस फिल्ममा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत रहेको छ भने सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विश्वास तिम्सिनाको छ ।  अनन्या फिल्मसको ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार