फिल्म 'मन बिनाको धन' अशोकको संघर्ष र सफलताको कथा, पोस्टर सार्बजनिक
२०८२ कार्त्तिक ०१ शनिवार
- संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म 'मन बिनाको धन' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
काठमाडौँ, १ कार्त्तिक । संगीतकार टंक बुढाथोकीको निर्देशनमा बनेको फिल्म 'मन बिनाको धन' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।
फिल्मका मुख्य अभिनेता तथा गायक अशोक दर्जीलाई केन्द्रमा राखेर पोस्टर सार्बजनिक गरिएको छ । पोष्टरले फिल्म अशोकको संघर्ष र सफलताको कथामा बनेको अनुमान गर्न सकिन्छ । पोस्टरमा फिल्मका मुख्य कलाकारहरू सरोज खनाल, नीता ढुंगाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्दि तामाङ र रवीन्द्र झालाई पनि देखाइएको छ ।
‘कथा जिरोदेखि हिरोसम्म’को ट्यागलाइन राखिएको फिल्ममा सन्तोष पन्त, रमा थपलिया, पार्वती अधिकारी, उत्सव सापकोटा, एआर बुढाथोकी, शंकर श्रेष्ठ, साम्राज्ञी थापा, बिना राउत, बाबु पराजुली, रक्षा श्रेष्ठ, प्रियंका झा लगायतको पनि अभिनय रहेको छ । फिल्ममा निर्देशक टंक बुढाथोकी स्वयंको कथा तथा संगीत छ भने शिवम् अधिकारीको पटकथा तथा संवाद रहेको छ ।
कात्तिक २१ गतेबाट प्रदर्शन हुन लागेको यो फिल्ममा सौरभ लामाको छायांकन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी, टंक बुढाथोकी संगीत र मित्र डि. गुरुङको सम्पादन रहेको छ । बिष्णु माया मैनाली निर्माता रहेको फिल्ममा जी.पी संग्रोला, विवेक नेपाल र विजया पाण्डे सह-निर्मातामा छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’