फिल्म रिमै रिलिज, शो नपाएको भन्दै चिठ्ठीको प्रदर्शन स्थगित
२०८२ भाद्र २० शुक्रवार
- आजदेखि रिलिज भएको रिमै मा भने दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । कबड्डीबाट चर्चित बनेको यो जोडी फेरी एक पटक एकसाथ आएको छ । यसका अलावा फिल्ममा अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
काठमाडौँ : आजदेखि नयाँ फिल्म रिमै रिलिज भएको छ ।
त्यस्तै आजदेखि अर्को फिल्म चिट्ठी पनि रिलिज हुने भनिए पनि अन्तिम समयमा उचित शो नपाएको भन्दै चिठ्ठीको रिलिज स्थगित गरिएको छ । तर, देशभरका हलले उचित शो नदिएको भन्दै बिहीबार साँझ फिल्मका निर्माताले रिलिज स्थगित गरेका छन् । चिठ्ठीका निर्माता कमला जोशीले कतिपय हालले शो नै नदिएको र कतिले अफटाइमका शो दिएको आरोप लगाउदै फिल्मको रिलिज स्थगित गरेको जानकारी दिएकी हुन् ।
त्यसैगरी आजदेखि रिलिज भएको रिमै मा भने दयाहाङ राई र रिश्मा गुरुङको मुख्य भूमिका रहेको छ । कबड्डीबाट चर्चित बनेको यो जोडी फेरी एक पटक एकसाथ आएको छ । यसका अलावा फिल्ममा अर्पण थापा, गौमाया गुरुङ, माओत्से गुरुङ, पुस्कर गुरुङ, कविता आले मगर, वीरमाया गुरुङ लगायतको पनि महत्वपूर्ण भूमिका रहेको छ ।
खिल बहादुर गुरुङको निर्देशन तथा उपेन्द्र सुब्बाको लेखन रहेको रिमैमा वीरवल घले कार्यकारी निर्माता रहेको फिल्ममा टीका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
यस फिल्मले बलिउडको बागी- ४ र हलिउडको द कन्जुरिङ : लास्ट राइट्स जस्ता ठूला फिल्मसँग प्रतिष्पर्धा गर्नुपर्ने देखिएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’