- मिथुन चक्रवर्तीले आफैले रजनीकान्तसँग फिल्म 'जैलर २' गर्ने कुराको आफैले पुष्टि गरेका छन् ।
एजेन्सी, ६ भाद्र । बलिवुडका दिग्गज अभिनेता मिथुन चक्रवर्ती ७५ वर्षको उमेरमा पनि निरन्तर फिल्ममा सक्रिय छन् । यसैबीच मिथुन चक्रवर्तीको पाइपलाइनमा साउथ सुपरस्टार रजनीकान्तको फिल्म 'जैलर २' मा देखिने भएका छन् ।
मिथुन चक्रवर्तीले आफैले रजनीकान्तसँग फिल्म 'जैलर २' गर्ने कुराको आफैले पुष्टि गरेका छन् । रजनीकान्तसँगको आफ्नो मित्रता र सम्बन्धको बारेमा थप कुरा गर्दै मिथुनले भनेका छन्-'रजनीकान्तसँग मेरो मित्रता धेरै पुरानो हो । हामी फरक भाषा र उद्योगबाट आएका हौं, तर सधैं हृदयबाट जोडिएका छौं । हालै हामी एक कार्यक्रममा भेट्यौं ।'
रजनीकान्तले ठट्टा गर्दै आफुलाई अब हामीले सँगै केही गर्नुपर्छ भन्नासाथ आफुले हुन्छ भनेको मिथुनले बताएका छन् । मिथुनले यस महिनाको २५ तारिखबाट फिल्मको छायांकन हुने बताएका छन् ।
रजनीकान्त र मिथुन चक्रवर्ती लगभग ३० वर्षपछि सँगै देखिने भएका छन् । दुवैलाई अन्तिम पटक १९९५ मा बंगाली भाषाको फिल्म 'भाग्य देवता' मा सँगै देखाइएको थियो । यस फिल्ममा रजनीकान्तको विशेष उपस्थिति थियो र यो उनको एक मात्र बंगाली फिल्म पनि हो ।
यसअघि मिथुन र रजनीकान्त १९८९ को हिन्दी फिल्म 'भ्रष्ट्रचार' मा सँगै देखिएका थिए । रमेश सिप्पी निर्देशित यस फिल्ममा यी दुई बाहेक रेखा, अनुपम खेर र रजा मुराद पनि मुख्य भूमिकामा देखिएका थिए । यस फिल्ममा रजनीकान्तको पनि विशेष भूमिका थियो । अब लगभग ३० वर्षपछि दुवै 'जैलर २' मा फेरि सँगै देखिनेछन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते
-
युवामाथि दमन र सामाजिक कलङ्क बारे राष्ट्रसंघको प्रतिवेदनप्रति भारतको खण्डन
-
टेस्लाले सार्वजनिक गर्यो उड्न सक्ने कार, सन् २०२८ देखि उत्पादन गर्ने घोषणा
-
दसैँ बिदामा अस्पतालका अत्यावश्यक सेवा नियमित राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन
-
पुटिनसँगको सम्झौतापछि ट्रम्पको अर्को कदम, रुसी तेल खरिदमा कर नलिने घोषणा
धेरै पढिएको
विशेष
नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा
‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’