ऋतिक रोशन अभिनीत चलचित्र वार-२ फ्लप

२०८२ भाद्र ०५ बिहिवार
सारांश
  • बलिवुडका अभिनेता ऋतिक रोशन र जूनियर एनटीआरको फिल्म 'वार २' बक्स अफिसमा असफलता हासिल गरको छ ।

एजेन्सी, ५ भाद्र । बलिवुडका अभिनेता ऋतिक रोशन र जूनियर एनटीआरको फिल्म 'वार २' बक्स अफिसमा असफलता हासिल गरको छ । 

 

विशेष गरी तेलुगु राज्यहरूमा, वार-२ को निराशाजनक प्रदर्शनले यस क्षेत्रका निर्माता नागा वाम्सी र उनका साझेदारहरूले ठूलो घाटा बेहोर्नु परेको रिपोर्ट सार्बजनिक भएको छ ।

 

रिपोर्टहरू अनुसार, नागा वाम्सी र उनका साझेदारहरूले तेलुगु संस्करणको वितरण अधिकार लगभग ८० करोड भारुमा किनेका थिए । 

 

उनीहरू वर-२ ले तेलुगु बेल्टबाट १०० करोडको आँकडा पार गर्नेमा विश्वस्त थिए । तर समीक्षा र अनलाइन ट्रोलिङले रिलिजको पहिलो दिनदेखि नै फिल्मको पकड कमजोर बनायो । 

 

यति मात्र होइन, यस समयमा रिलिज भएको रजनीकान्तको फिल्म 'कुली' दर्शकहरूको पहिलो रोजाइ बन्यो र 'वार २' को अवस्था झनै खराब भयो ।

 

यसैबीच वार- २ को मुख्य निर्माता यश राज फिल्म्सले नोक्सानको क्षतिपूर्ति गर्न ठूलो कदम चालेको बताइएको छ । 

 

रिपोर्टहरूका अनुसार यश राज फिल्म्सले तेलुगु निर्माता नागा वाम्सी र उनका सहयोगीहरूलाई २२ करोड क्षतिपूर्ति दिने निर्णय गरेको छ । 

 

जसमा निजाम क्षेत्रको लागि १० करोड, आन्ध्र क्षेत्रको लागि ७ करोड र हस्तान्तरण गरिएको क्षेत्रको लागि ५ करोड रहेको बताइएको छ । यो भुक्तानी निर्माताहरूको बोझ अलिकति कम गर्न सकियोस् भन्ने उद्धेश्यले संरचित सम्झौताको रूपमा गरिएको रिपोर्टमा उल्लेख छ ।

 

ऋतिक रोशन र जूनियर एनटीआर जस्ता सुपरस्टारहरू साथै कियारा आडवाणी, अनिल कपूर र आशुतोष राणाको प्रमुख भूमिका रहेको भएपनि फिल्मले बक्स अफिसमा सोचेको सफलता हासिल गर्न सकेन । रिपोर्टका अनुसार फिल्मले रिलिजको छ दिनमा तेलुगु संस्करणबाट केवल ६० करोड कमाएको थियो ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार