नीताको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री

२०८२ श्रावण २८ बुधवार
सारांश
  • नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्ममा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् ।

काठमाडौँ : अभिनेत्री नीता ढुंगानाको निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’ मा दीपाश्री निरौलाको इन्ट्री भएको छ । निताले दिपाश्रीसँग लिखित सम्झौता गरेकी छन् ।
 

नीता स्वयंले मुख्य भूमिकामा अभिनय गर्न लागेको फिल्ममा डान्स ग्रुप ‘कार्टुन्ज क्रू’का सरोज अधिकारी सहायक निर्देशकको रूपमा जोडिएका छन् । आगामी असोजदेखि छायांकन सुरु हुने यो फिल्मको गत शनिबार दुईवटा पोस्टर सार्वजनिक गर्दै आगामी माघ १ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ । 
 

नीता फिल्म्सको ब्यानरमा बन्ने फिल्मको कथा नीता स्वयंले लेखेकी हुन् भने पटकथा तथा संवाद शिवम् अधिकारीले तयार पारेका हुन् । भारतीय छायाँकार कवीर लाल र शाहिद लालले फिल्म खिच्नेछन् । कवीरले नीताको अघिल्लो फिल्म ‘ह्रस्व दीर्घ’को छायांकन गरेका थिए । फिल्ममा सावित्रा अधिकारी, नरहरी अधिकारी र पवन ढुंगानाको लगानी रहने बताइएको छ ।

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

नेपालमा एक लाख उद्यमी बनाउने डा. शम्भु पोखरेलको घोषणा

‘उद्यमशीलता प्रवर्द्धनका लागि सरकारी प्रणाली, सहज कर्जा र स्पष्ट आर्थिक कार्ययोजना आवश्यक’

थप समाचार