- चित्रकला अवलोकनपछि प्राडा अभि सुवेदीले आफूले कैयौँ पटक मानन्धरका चित्रकलाबारे समीक्षा लेखेको उल्लेख गर्दै किरण मानन्धरका चित्रकलामा आफूले लचकता पाउने गरेको बताए।
काठमाडौँ, १ साउनः ठमेलस्थित म्युजियम अफ नेपाली आर्टमा किरण मानन्धरको विशेष चित्रकला प्रदर्शनी सुरु भएको छ । आगामी सेप्टेम्बरसम्म सञ्चालन हुने प्रदर्शनीमा प्रत्येक दिन विहान १० बजेदखि साँझ ६ बजेसम्म अवलोकन गर्न पाइनेछ ।
प्रदर्शनीको उद्घाटनमा एक सयभन्दा बढी कलाप्रेमीहरुको उपस्थिति थियो । चित्रकला अवलोकनपछि प्राडा अभि सुवेदीले आफूले कैयौँ पटक मानन्धरका चित्रकलाबारे समीक्षा लेखेको उल्लेख गर्दै किरण मानन्धरका चित्रकलामा आफूले लचकता पाउने गरेको बताए।
“किरण मानन्धरका चित्रकलामा ‘ब्रस स्ट्रोक’ निकै कलात्मक देखिन्छन्, रङ्गको मिश्रण बजोड हुन्छ, चित्र हेर्दा सुमधुर सङ्गीत झैँ लाग्छ”, उनले भने, “मैले उनका कैयौँ चित्रकला हेरेको छु, उनि नेपालको सम्भवतः सबैभन्दा बढी चित्र कोर्ने कलाकारमा पर्छन, उनका सृजनामा प्रत्येक पटक नयाँपन भेट्छु, आज पनि नयाँपन पाएँ ।”
एनसेल फाण्डेसनको सहकार्यमा सुरु प्रदर्शनीमा कलाकार किरण मानन्धरले अवलोकनकर्तासँग साक्षात्कार गर्दै अनुभव सुनाए। उनले यसप्रकारका प्रदर्शनीले नेपाली कला र संस्कृतिको प्रवर्द्धन र विकासमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। विशेष गरी नयाँ पुस्तामा ज्ञान, सीप र कला हस्तान्तरणमा यसले भूमिका खेल्ने उनको भनाइ थियो ।
“मैले यसप्रकारका प्रदर्शनी कैयौँ पटक आयोजना गरेको छु, यसबाट दर्शकहरुसँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनुका साथै कला र संस्कृतिबारे ज्ञान साट्ने अवसर प्राप्त हुन्छ”, उनले भने ।
प्रदर्शनीमा मानन्धरले विभिन्न कालखण्डमा कोर्नुभएका चित्रकला अवलोकन गर्न पाइने आयोजक म्यूजियम अफ नेपाली आर्टका प्रमुख क्युरेटर राजन शाक्यले बताए। नेपाली कला र संस्कृति, परम्परा, धर्म, महिला तथा प्रकृतिसँग सम्बन्धित विभिन्न चित्रकला प्रदर्शनीमा राखिएका छन् । अवालोकनकर्ताले प्रदर्शनी अवलोकनका साथे चित्रकला खरिद समेत गर्न सक्नेछन् ।
त्यस अवसरमा चित्रकलाहरुको संगालो भएको पुस्तक पनि सार्वजनिक गरिएको थियो ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
-
आज राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।