- शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।
काठमाडौं : चलचित्र ‘मिरमिरे’को छायांकन सुरु भएको छ । एक हप्ता वर्कसपमा बसेको निर्माण टिम काठमाडौंबाट शुक्रबार छायांकनमा निस्किएको थियो ।
शनिबारबाट चलचित्रको छायांकन सुरु भएको हो । निर्माण पक्षले पनौती नगरपालिका ११ बल्थलीस्थित लड्केश्वर आधारभूत विद्यालय पसिरमा क्यामेरा पूजा गर्दै छायांकनको थालनी गरेको हो ।
‘चलचित्र ‘मिरमिरे’को काभ्रेपलाञ्चोकबाट छायांकन सुरु भएको छ । आजबाट सुरु भएको छायांकन हामी करिब ३५ दिन खिच्ने छौँ,’ निर्देशक यम शेर्पाले भने । उनका अनुसार सिनेमाको अधिकांश छायांकन काभ्रेका विभिन्न स्थानमा हुनेछ ।
यार्सा फिल्म्सको प्रस्तुति रहने यस चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु छन् । अन्य कलाकारमा माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा रहेका छन् ।
चलचित्रको बाल–कलाकारमा शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेल छन् ।
प्रकाश र दयाहाङको यो पहिलो हिकार्य हो । यमले भने दयाहाङसँग दोस्रोपटक सहकार्य गर्न लागेका हुन् । यसअघि उनको पहिलो निर्देशन रहेको ‘कार्साङ’मा पनि दयाहाङले काम गरेका थिए ।
निर्माणपक्षले चलचित्रको कथा बारे केही खुलाउन चाहेका छैनन् । ‘मिरमिरे’को निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् । चलचित्रका छायाँकार आलोक शुक्ला हुन् ।
निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।
सुदिप कुँवरको मुख्य सहायक निर्देशक रहेको चलचित्रमा सञ्जु थलाङ लिम्बुको मेकअप र दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
‘मिरमिरे’ २०८२ मा रिलिज हुनेछ । प्रदर्शन मिति भने तय भएको छैन । चलचित्रलाई आरआर फिल्मसले वितरण गर्नेछ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।