सातवटै प्रदेशमा कोटिहोम गर्नसके धार्मिक पर्यटनको विकास हुन्छ : देवी प्रतिभा

२०८२ जेठ १३ गते मंगलवार
सारांश
  • पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा यही किसिमका भब्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन सक्ने धारणा राखिन् ।

काठमाडौं : अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले नेपालको धार्मिक स्थलहरुको अधिक रुपमा प्रचारप्रसार गर्न आवश्यक रहेको बताएकी छिन् । 


पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा कथा वाचन गरिरहेकी उनले नेपाल न्यूज बैंकसँगको कुराकानीमा यही किसिमका भब्य कोटिहोम सबै प्रदेशमा आयोजना भएमा नेपालको पर्यटकीय स्थलहरुको प्रचार प्रसार हुन सक्ने धारणा राखिन् । 


उनले भने,‘नेपालको धार्मिक स्थलहरुको अधिक रुपमा प्रचारप्रसार गर्न जरुरी छ । पोखरामा कोटिहोम भएका कारणले पर्यटकीय स्थलहरु, धार्मिक मठ मन्दिरहरुको प्रचार भइरहेको छ । यही प्रकारको कोटिहोम सबै प्रदेशमा भयो भने तिव्र गतिले हाम्रो देशको पर्यटकीय स्थलहरुको प्रचार–प्रसार हुने थियो ।’ 


त्यस्तै उनले पोखरा कोटिहोम मस्त नेपालीहरुको लागि  विशाल उत्सव भएको भन्दै आफूले आएर कथा वाचन गर्न पाउँदा एकदमै खुसी र आनन्द लागेको बताइन् । 


उनले भनिन्,‘पोखरा कोटिहोममा आउन पाउँदा एकदमै खुसी लागिरहेको छ । यो नेपालीहरुको लागि विशाल उत्सव हो । यहाँ भक्तजनहरु पनि धेरै सङ्ख्यामा आउनुभएको छ र महिनौंदेखि कोटिहोमको आनन्द लिइरहनुभएको छ । त्यसैले यहाँ आएर कथा वाचन गर्दा मलाई पनि अत्यन्तै आनन्द आयो ।’ 


त्यस्तै कथा वाचिका प्रतिभाले पहिलो पटक कथा वाचनको लागि पशुपति कोटिहोम आउँदा र दोस्रो पटक पोखरा आउँदा फरक अनुभव गर्न पाएको सुनाइन् । पहिलो पटक पशुपति कोटिहोममा आउँदा नयाँ भएको कारण चिन्ने र चिनाउने अवसर पाएको भन्दै तर अहिले भक्तहरुको अपार माया पाइरहेको बताइन् । 


उनले थप्दै भनिन्, पहिलो पटक पशुपति कोटिहोममा आउदा म अलि नयाँ नै थिए । नेपालको लागि तर अहिले त पुरानो भइसके सबैसँग । पहिला सबैसँग चिन्ने र चिनाउने अवसर पाएको थिए । अहिले भक्तहरुको अपार माया पाएको छु । फरक भक्तहरुले एकदमै माया गर्नुभएको छ, फर्किएर जाँदा सबैजना रुनुहुन्छ । यति धेरै मायाका लागि धन्यवाद ।’


त्यस्तै आफूले भागवत कथा सुनाइरहेको जानकारी गराउँदै उनले आफ्नो कथाबाट भक्ति, ज्ञान र वैराग्य पाउन सकिने धारणा राखिन् । भागवत एउटा जीवनलाई जिउने र मर्ने कला सिकाउने ग्रन्थ भएको उनको बुझाइ छ । 


उनी भन्छिन्,‘भागवत कथाबाट भक्ति, ज्ञान र वैराज्ञ पाउनुहुन्छ । भागवत भनेको एउटा जीवनलाई जिउने र मर्न कला सिकाउने ग्रन्थ हो ।’ त्यस्तै महिला भएकै कारण कुनैपनि भगवानको प्रचार गर्न र नाम लिन बन्चित नहुने उनको भनाई छ ।

 
‘महिला भएकै कारण भगवानको प्रचार गर्न र भगवानको नाम लिन सबैंले पाइन्छ । नारीले केवल आफ्नो महिनावारी जुन मासिक धर्म हुन्छ, त्यो बेलामा व्यासमा बस्नु हुुँदैन् । अरु बेला जे गर्दा पनि केही हुँदैन्,’उनले भनिन् । 


कोटिहोममा आएर कथा श्रवण गर्नको लागि सबै भक्तजनहरुमा उनले अपिल समेत गरिन् । 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार