कुमा सागरको अष्ट्रेलिया टुरः एनमोर थिएटरमा प्रस्तुती दिने पहिलो नेपाली गायक
२१ बैसाख, २०८२, आइतवार
- कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल भएका छन्।
काठमाडौँ, २१ वैशाख । गायक कुमा सागर एण्ड ख्वपा ब्यान्डले अष्ट्रेलियाको सांगीतिक भ्रमण पूरा गरेको छ । अष्ट्रेलियाको सिड्नीमा रहेको वाइएनवाइ इभेन्टसद्वारा आयोजित सांगीतिक कार्यक्रम हावाको लहरसँगै अष्ट्रलिया टुर २०२५ नाम दिइएको उक्त टुर २४ मार्च २०२५ मा सिड्नीमा शुरू भएर अष्ट्रेलियाको अरू प्रमुख शहरहरू ब्रिसबेन, क्यानबेरा, होबार्ट र पर्थ हुदै अन्तिम शो १४ अप्रिल २०२५ मा मेलबर्नमा आयोजना गरिएको थियो।
कुमा सागर अष्ट्रेलियाकै सबैभन्दा पुरानो हेरिटेज पर्फर्मेन्स भेन्यू सिड्नीको न्यू टाउनमा अवस्थित प्रतिष्ठित एनमोर थिएटरमा सम्पन्न सांगीतिक प्रस्तुति दिने पहिलो नेपाली गायक बन्न सफल भएका छन्। उक्त कार्यक्रमलाइ वाएनवाइ इभेन्टसकी प्रबन्ध निर्देशक प्रज्ञा अमात्य भण्डारीले ऐतिहासिक मात्र नभएर, सिड्नीमा भएका अहिलेसम्मकै कुनै पनि नेपाली कलाकारहरूको सबैभन्दा यादगार उत्कृष्ट ३ प्रस्तुतिमा गणना गर्न मिल्ने कार्यक्रमका रुपमा चर्चा सुरु भएको बताइन्।
त्यस्तै कुमा सागरले न्यू साउथ वेल्स राज्य सरकारद्वारा सन्चालित संग्राहलय ‘आर्टस् ग्यालेरी अफ न्यू साउथ वेल्स’ मा लाइभ रेकर्डिंग दिएर अष्ट्रेलियाको अन्तर्राष्ट्रिय कला संग्रहमा नेपाली गीतसंगीत प्रदान गर्ने पहिलो नेपाली गायक बन्न पनि सफल भएका छन्।
वाइएनवाइ इभेन्टसको प्रयासले सम्भव गराएको उक्त अवसरबारे प्रबन्ध निर्देशक अमात्यले नेपाली कार्यक्रमहरू आयोजना गर्दा अष्ट्रेलियाका स्थानीयहरूलाई पनि सम्मिलित गराउन पाउँदा नेपालको कला र संस्कृतिको प्रवर्द्धन हुने बताइन्। उनले भनिन्, ‘आगामी दिनहरूमा पनि हामी यसरी नै नेपाल र अष्ट्रेलियाबीच कला र संस्कृति आदानप्रदान हुने कार्यक्रमहरू गर्ने योजनामा छौँ।’
गत वर्षको दशैँ र चाडपर्वबाट अत्यधिक चर्चामा आएका कुमा सागर एण्ड ख्वप ब्यान्डको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण र प्रस्तुति रहेको आयोजकले जनाएको छ। सन् २०२३ को डिसेम्बरमा वाइएनवाइ इभेन्टस र यात्री ईन्टरटेन्मेन्टले आयोजना गरेको सिड्नीको एक कार्यक्रममा भने कुमा सागर एक्लैले प्रस्तुति दिएका थिए।
उतिबेला त्यति धेरै चर्चा नपाएका उनी ब्यान्ड सहित यति भव्य अन्तर्राष्ट्रिय टुर गर्न सफल भएकामा खुशी हुँदै सिड्नीको प्रस्तुतिमा स्टेजबाटै आयोजकलाई मुक्तकण्ठले प्रशंसा गर्दै धन्यवाद दिएका थिए।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
चीनद्वारा बाढीपीडित नेपाललाई ३३ करोडभन्दा बढी नगद सहयोग
-
बाढी प्रभावित थप ७ स्थानमा नेपाल टेलिकमको सेवा सुचारु
-
विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो
-
कृष्णभीरमा सडक अवरुद्धपछि वैकल्पिक मार्गबाट काठमाडौँमा ग्यास आपूर्ति गर्दै निगम
-
कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड सहयोग गर्ने
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।