- युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र ¥यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ ।
काठमाडौँ : सर्वनाशको साङ्गीतिक नामले परिचित गायक तथा ¥यापर सरोज मगरले नयाँ ¥याप गीत ‘के भाको’ सार्वजनिक गरेका छन् । जमलस्थित विश्वज्योति मलमा रहेको राजा लाउन्जमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भिडियोसहित गीतलाई सार्वजनिक गरेका हुन् ।
युट्युबमा रहेको उनकै म्युजिक च्यानल ‘सर्वनाश म्युजिक’ मार्फत सार्वजनिक गरिएको गीतमा गायन र ¥यापमा सर्वनाशलाई डी–चेनले साथ दिएका छन् । यसको सङ्गीत भने कलज्ञ रेकड्र्सले तयार पाएको हो । यसमा बाँसुरी विकेश लामाको सुन्न सकिन्छ ।
गीत सार्वजनिक गर्दै सर्वनाशले अडियो र भिडियोमा उत्तिकै मेहनत गरेको बताए । उनले भने,‘¥यापमा केही गर्ने कोसिस छ, यो भावना व्यक्त गरेको ¥याप गीत हो । हामीले सुखदुःख र आफ्नो भावनालाई यस्तै ¥याप गीतमार्फत सार्वजनिक गर्ने गरेका छौँ । हाम्रो गीत सुन्नेले हामीलाई त्यहिबाट चिन्न र बुझ्न सक्नुहुन्छ । किनकि यो गीत मात्र नभई हाम्रो भावना हो ।’
उनले गीतअनुसार नै भिडियो पनि तयार परेको बताए । गीतको भिडियोलाई जुमनले तपार परेका हुन् । उनकै समूहले छायाङ्कन, सम्पादन र निर्देशनसहित भिडियोका सम्पूर्ण काम गरेको हो । भिडियोमा मुना योञ्जन र कञ्चन श्रेष्ठ फिचरिङ छन् ।
ट्रेक्स प्रोडक्सनले निर्माण गरेको भिडियो हेरेपछि सिनियर ¥यापर हाकिम गुरुङले सबै टिमलाई बधाई दिए । पछिल्लो समय र्याप परिमार्जित र परिस्कृत भइरहेको उनले बताए ।
‘पछिल्लो समय नयाँ पुस्ताले ¥यापलाई सौखसँगै व्यवसायीकरण पनि गरिरहेका छन् । यसले पनि आगामी दिनमा नेपालमा र्याप विधाको भविष्य झन् राम्रो हुनेमा विश्वस्त छु । ¥याप आफ्नो बेदना, भावना र पिडासँगै समाजको यथार्थलाई बाहिर ल्याउने माध्यम हो हामी ¥यापरको लागि’, ¥यापर हाकिमले भने ।
उक्त कार्यक्रममा चलचित्र पत्रकार सङ्घका पूर्व उपाध्यक्ष कुवेर डंगोल, फिल्म निर्माता तथा अभिनेता किरण नेपाली लगायत उपस्थित थिए । निर्माता नेपालीले आफूले ¥यापरकै विषयमा एउटा फिल्म निर्माण गर्न लागेता पनि विविध कारणले पुरा हुननसकेको तर भविष्यमा त्यो फिल्म बन्ने विश्वास व्यक्त गरे ।
‘मैले ¥याप सुनेको छु र यसका शब्दलाई महसुस गरेको छु । त्यसकारण मैले फिल्म बनाउने तयारी गरे, भिटेन त्यसमा अभिनय गर्दै थिएँ । विविध कारणले त्यो पुरा हुनसकेन । तर , भविष्यमा त्यो विषयलाई केही परिमार्जन गरेर पुनः फिल्म बनाउन सक्नेछु’, निर्माता नेपालीले भने ।
¥यापर सर्वनाशको यसअगाडि ‘आउँ बस’, ‘कान्छी नानी’, ‘जादुपन’, ‘जिन्दगीको यात्रा’, ‘हामी अल्लारे ठिटो’, ‘समय’, ‘सर्वनाशको सुरुआत’ लगायतका ¥याप गीत सार्वजनिक भइसकेका छन् ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
स्टारलिङ्कले भन्यो- अनुमति पाए नेपालको बाढी प्रभावित क्षेत्रमा निःशुल्क इन्टरनेट दिन तयार छौं
-
बाढी प्रभावित क्षेत्र पुगेर अर्थमन्त्रीको ढाडस: “ढुक्क हुनुहोस्, स्रोतको अभाव हुन दिनेछैनौँ
-
भारतबाट सुरुङमा उद्धारका लागि प्राविधिक टोलीसहित थप ११ टन राहत सामग्री आइपुग्यो
-
भोटेकोशी बाढीपछि अहिलेसम्म ७३४ जनाको शव भेटियो
-
इन्टर मियामीको जितमा मेसीको चार गोल
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।