तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति
२०८२ वैशाख १७ बुधबार
- अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायांकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।
काठमाडौं : पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको छ ।
अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तरमा रिलिज हुने फिल्म नेपालमा छायांकन हुन लागेको ठूलो लगानीको फिल्म हो ।
अन्तर्राष्ट्रिय ख्याती कमाएका भारतीय निर्माता प्रवेश साहनीको लोकल कम्पनी वाइल्डरनेस आउट डुअर्स कम्पनीले नेपालका काठमाडौं, मुस्ताङ, जोमसोम, तनहुँ, बन्दीपुर, सोलुखुम्बुलगायतका स्थानमा फिल्म छायांकन गर्नेगरी अनुमति दिइएको हो ।
कम्पनीले विभिन्न प्रक्रियाहरु पूरा नगरेको भन्दै अनुमति प्रदान गर्न मन्त्रालयले लामो समयसम्म अड्काएर राखेको थियो । थोमस विलियम हिडल्स्टन र गेन्डेन फुन्टसोकको अभिनय रहने यो फिल्म नेपालमा छायांकन भएर रिलिज भएमा नेपालको पर्यटनमा ठूलो योगदान पुग्ने अनुमान गरिएको छ ।
जेनिफर पीडोमको निर्देशनमा बन्ने फिल्ममा अभिनयका लागि विदेशी कलाकार नेपाल आइसकेका छन् । सन् १९५३ मा सगरमाथा आरोहणको यात्राको विवरण अब दर्शकले फिल्ममा हेर्न सक्नेछन् । फिल्मको विश्वव्यापी प्रसारण अधिकार एप्पल कम्पनीले लिएको छ ।
त्यस्तै, फिल्मको निर्माण ओस्कार विजेता फिल्म ‘द किङ्स स्पिच’को निर्माता कम्पनी सी–स फिल्म्सले गर्दैछ । सम्पूर्ण कागजात पुरा गरेर २०८१ माघ अन्तिम साता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा अनुमतिका लागि निवेदन दिएको थियो । तर २०८२ को वैशाख १७ गते दिउसो मात्र फिल्मले अनुमति पाएको हो । अब अन्य निकायमा अनुमति लिएर फिल्म छायांकन गर्न कम्पनीले थुप्रै कठिनाइहरु व्यहोर्नुपरेको निर्माण कम्पनीको भनाइ छ ।
मन्त्रालयको झन्झटिलो प्रक्रियालाई लिएर अन्य विदेशी कम्पनीहरुले नेपाललाई आफ्नो फिल्मको गन्तव्य बनाउनबाट हिचकिचाउन थालेका छन् ।
विभिन्न झन्झटिलो प्रक्रिया देखाएर मन्त्रालयले छायांकनको अघिल्लो दिनमात्र अनुमति प्रदान गरेकाले निर्माण टीमलाई स्थानीय तह, राष्ट्रिय निकुन्ज एवम संरक्षण क्षेत्र, जिल्ला प्रशासन कार्यालयलगायतबाट पनि अनुमति लिन थप झन्झटिलो हुने भएको छ ।
सहयोग गर्नुहोस्
निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।
सहयोग गर्नुहोस्ताजा समाचार
-
रसुवागढी जलविद्युतको सुरुङमा कोहि भेटिएन, सेनाको उद्धार टोली फर्कियो
-
सीमापार व्यवसायीले सरकारलाई ज्ञापनपत्र बुझाउँदै, ८ खर्बको क्षति र १५०० जनशक्ति बेपत्ता भएको दाबी
-
भोटेकोशी बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ सम्पर्कविहिन
-
भोटेकोशी बाढीपछि २८९ विदेशी पर्यटकको उद्धार, अझै ५९१ सम्पर्कविहिन
-
कांग्रेसको संसदीय दलको बैठक बस्दै
धेरै पढिएको
-
'कट्टरताको छायामा अभिव्यक्ति स्वतन्त्रताको संघर्ष'
-
इतिहासकै सबैभन्दा उल्लेखनीय साइबर घटना
-
टाइटानिक जहाज डुब्नुअघि यात्रुले लेखेको अन्तिम पत्र ११४ वर्षपछि सार्वजनिक, लिलामीमा राखिने
-
भारतको ७२औँ राष्ट्रिय चलचित्र पुरस्कार घोषणा, कार्तिक आर्यन र ममुट्टी उत्कृष्ट अभिनेता
-
ह्वाट्सएप प्रयोग गर्न अब फोन नम्बर नचाहिने !
विशेष
विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?
यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।