'पिताम्बर' टोली उत्साहित, कृषा भन्छिन्ः सबै पीडा भुल्यौं

३१ चैत्र, २०८१, आइतवार
सारांश
  • त्यस्तै नायक प्रदीप खड्काले आफ्नो फिल्म करियरकै सबैभन्दा राम्रो फिल्म ‘पिताम्बर’ भन्ने दर्शकहरुको प्रतिक्रिया आइरहेको सुनाए ।

काठमाडौँ, ३१ चैत  । शुक्रबारबाट प्रदर्शनमा आएको नेपाली एक्सन फिल्म ‘पिताम्बर’ले हलहरुमा राम्रो शो पाइरहेको छ । 


आइतबार काठमाडौंमा आयोजना गरिएको प्रेस शोपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा निर्देशक कृषा चौलागाईँले नयाँ वर्ष २०८२ को छेको पारेर प्रदर्शनमा आएको फिल्म ‘पिताम्बर’ ले दर्शकबाट सकरात्मक प्रतिक्रिया पाइरहेको जानकारी दिइन् ।


उनले शुक्रबारदेखि नै धेरै सन्देशरु आइरहेको, हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको कारण सुटिङको दौडानमा परेका अप्ठ्याराहरु नै भूलेको बताइन् ।  

उनले भनिन्,‘सिनेमाले राम्रो प्रतिक्रिया पाउँछ । दर्शकले माया गर्नुहुन्छ भनेर विश्वास थियो, त्यही भइरहेको छ । धेरै तनाब पनि लिएको छैन् । शुक्रबारदेखि नै सकरात्मक सन्देशरु पाइरहेका छौं । हल भिजिटमा जाँदा उत्तिकै माया पाइराखेको छौं । जसले गर्दा सुटिङको दौडानमा परेको कठिनाइहरु विर्सेको छु ।’

 

त्यस्तै नायक प्रदीप खड्काले आफ्नो फिल्म करियरकै सबैभन्दा राम्रो फिल्म ‘पिताम्बर’ भन्ने दर्शकहरुको प्रतिक्रिया आइरहेको सुनाए ।

 

उनले भने,‘फिल्मले धेरैलाई तान्छ । मेरो ११ वर्षको करियरमा सबैभन्दा राम्रो फिल्म बनेको रहेछ भनेर प्रतिक्रिया दिनुभएको छ ।’

 

त्यस्तै अभिनेत्री दिव्या रायमाझीले आफू कहिल्यै पनि एक्सन फिल्म हेर्न मन नपराउने भनेपनि पिताम्बर हेरेर आफू फ्यान भएको बताइन् ।  

 

उनले भनिन्,‘म कहिल्यै पनि एक्सन मूमी नहेर्ने मान्छे हुँ । तर पिताम्बरको फ्यान हुन पुगें । प्रदीप खड्काजीले पहिले यस्तो एकसन मूभी गर्नुभएको थिएन । धेरै राम्रो चलचित्र बनेको छ ।’  
 

सहयोग गर्नुहोस्

निष्पक्ष, खोजमुलक तथा तथ्यमा आधारित पत्रकारिताको लागी हामीलाई सहयोग गर्न सक्नुहुनेछ। तपाइको सानो प्रयासले हाम्रो जवाफदेही पत्रकारितामा ठुलो सहयोग हुनसक्छ।

सहयोग गर्नुहोस्

विशेष

विश्वकप फुटबलमा अत्याधुनिक प्रविधिको प्रयोग, के के हुँदैछ सहज ?

यस संस्करणमा पहिलो पटक ४८ टोलीले सहभागिता जनाउँदैछन् । प्रतियोगिताको आकार मात्र होइन, प्रयोग गरिने अत्याधुनिक प्रविधिका कारण पनि यो विश्वकप विशेष बन्ने अपेक्षा गरिएको छ ।

थप समाचार